कर्णाली । सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली कांगे्रसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ ।
कांग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताए । “आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर सुर्खेतमा कहिले गर्ने ? केही टुङ्गो छैन”, उनले भने, “क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन, केन्द्रले निर्वाचन अधिकृत पनि पठाएको छैन ।”
सुर्खेतका कतिपय वडामा उम्मेदवारी घोषणासंगै अधिवेशनको माहौल शुरु भए पनि पार्टी केन्द्रले सदस्यता विवाद समाधान गर्न ढिलाइ गर्दा कार्यकर्तामा अन्योलता बढेको छ ।
सुर्खेतमा ९९ र डोल्पामा ६५ वडा छन् । डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहनुभएका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए । केन्द्रीय सदस्य बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: