Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

उन्नाइस हजारले काँग्रेसका १३५ वडा सभापति छान्दै

रासस
काभ्रपलाञ्चोक । नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् । 
 
हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेका अवस्थामा निर्वाचनको एक दिनअघिसम्म कुनै वडामा भने वडा सभापतिमा सर्वसम्मत हुन सकेको छैन । मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ । 
 
वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए । उनले  वडा निर्वाचनमा क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखि माथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जानकारी दिए । 
 
“आजसम्म वडा सभापतिमा सर्वसम्मत भएको घोषणा भएको छैन, भोलि केही वडामा हुनसक्ने पाइएको छ”, उनले भने । उनका अनुसार नेपाली काँग्रेस जिल्ला समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् । 
 
पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ/नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ । असोज ५ गते हुने वडा अधिवेशनका लागि केन्द्रीय निर्वाचन अधिकृतका रुपमा अधिवक्ता राजेन्द्र लामिछाने जिल्ला आई शनिबारदेखि तयारी थालेको जनाइएको छ ।
 
असोज ९ गते हुने नगर निर्वाचनमा बनेपा नगरपालिकाबाट दुई आकाङ्क्षीले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टीको जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 
 
जिल्ला सभापतिमा भने सात आकाङ्क्षीमा वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेको देखिएको छ ।  
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending