Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

सङ्खुवासभा सामूहिक हत्याकाण्डको आरोपमा थप छ जना पक्राउ

खबरडबली संवाददाता
सङ्खुवासभा  । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 
 
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।
 
अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।
 
घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुन: घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।
 
रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुन: अनुसन्धान सुरु गरेका छन् ।
 
घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ । 
–––
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आ...

सरकार र अधिकारकर्मी रूबी खानबिच ५ बुँदे सहमतिपछि २३ औँ दिनमा तोडियो अनशन

काठमाडौँ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रह...

लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दि...

सरकार अधिनायकवादतर्फ उन्मुख भएको एमाले सांसदको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। सङ्घीय संसद् ...

प्रधानमन्त्रीको संसद् सम्बोधनको मिति अझै तय भएको छैन : महामन्त्री बुर्लाकोटी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री बालेन शाह ले संसद् बैठकलाई कहिले सम्बोधन...

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ - राष्ट्रपति पौडेल

सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएको छन् । सुनस...

फिफा विश्वकप–२०२६, छैटौँ पटक विश्वकप खेल्दै रोनाल्डो

काठमाडौँ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वक...

सेयर बजारमा उत्साह : नेप्से ३० अंकले बढ्यो

काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्था...

विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आह्वान

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन ...

नयाँ संसद् हल अन्तिम चरणमा, बजेट भाषण यहीँबाट गर्ने तयारी

काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र रहेको प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending