तुलसीपुर । हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आए । उनको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उन िहिँड्डुल गर्नसक्ने भएका छन् ।
बुटवलबाट ७२ वर्षीया रामकुमारी गिरी पनि अस्पतालमा उपचारका लागि आए । उनमा दम र फिबरको समस्या थियो । औषधि दिएर उपचार गरेपछि उनी पनि सञ्चो भएर फर्किए । त्यस्तै रुकुम पश्चिमकी १९ वर्षीया निरुता रावत पनि पायल्सको समस्या लिएर अस्पतालमा आए । उनको क्षारसूत्र विधिबाट उपचार हुँदा निको भए ।
उनीहरु मात्रै होइन, अहिले अस्पतालमा बाहिरी जिल्लाबाट पनि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालका निमित्त निर्देशक डा महेशकुमार खनालले जानकारी दिए । उनले भने “आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढिरहेको छ । ” अस्पतालमा कार्यरत चिकित्सक मदन भण्डारीका अनुसार ‘पायल्स’ तथा ‘फिस्टुला’का बिरामी बढी सेवा लिन अस्पताल आउने गर्दछन् ।
साथै एलोपेथिक औषधि खाँदा–खाँदा सञ्चो नभएका तथा दीर्घरोगी धेरै आउने गरेको उनको भनाइ छ । “प्राय : एलोपेथिक पद्धतिबाट उपचार नभएका, त्यसपछि पञ्चकर्म, क्षारसूत्र विधिबाट उपचार भएर गएकाले गाउँमा गरेको प्रचारले गर्दा पनि धेरै बिरामी आउने गर्नुहुन्छ”, उनले भने । हाल रुकुम, सल्यान, प्युठान, बर्दिया, बुटवललगायतका स्थानबाट आयुर्वेद उपचारका लागि बिरामी आउने गरेका छन् । उनका अनुसार सबै गरी दैनिक ४० देखि ५० बीचको हाराहारीमा बिरामी आएर सेवा लिने गरेका छन् । गएको हप्तामात्रै करिब ३०० बिरामीले सेवा लिएका छन् । तीमध्ये करिब १५० जतिले पञ्चकर्माको सेवा लिने गरेको प्रमुख खनालले बताए । “हामीसँग धेरै बिरामी पञ्चकर्मको सेवा लिन आउने गर्नुभएको छ”, उनले भने, “गएको हप्ता मात्रै १५० जना जतिले यो सेवा लिनुभयो ।”
प्यारालाइसिस भएका, जोर्नी तथा नसाका समस्या भएका, प्रसर, अनिद्राका समस्याका बिरामीलाई पञ्चकर्म विधिबाट सेवा दिने गरेको प्रमुख डा खनालको भनाइ छ । हाल अस्पतालमा शिरोधारा, बस्ती, जुकाबाट हुने थेरापी पनि धेरै हुने गरेको छ ।
असोज महिनादेखि फिजियो थेरापी सेवा पनि सञ्चालन ल्याउने तयारी रहेको उनले जानकारी दिए । यसका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको उनले बताए । हाल बिहान बिरामीलाई योग सेवा पनि प्रदान भइरहेको छ । एक्सरे सेवा पनि सुरु भएको जनाउँदै यसले थप सहज बनाएको उनको भनाइ छ । साथै खुल्ला आरोग्यशाला सञ्चालनको समेत तयारी छ । यसका लागि पूर्वाधार तयार भइसकेको छ । अकुपञ्चर सेवा पनि केही समयमा सञ्चालनमा आउने तयारी रहेको उनले बताए ।
चिकित्सालयको आफ्नै औषधालय भएकाले १५ देखि २० प्रतिशत छुट हुने गरेको छ । बिरामीले तीन/चार थरि औषधि नि:शुल्क पाउने गरेका छन् । अस्पतालमा दर्ता शुल्क पनि नलिने तथा सस्तोमा उपचार हुने भएपछि बिरामीको आकर्षण बढेको समेत उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: