लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार आज प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।
सरकारले आज घोषणा गरेका ५७ पदक बिभूषितलाई प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन ३ गते बिभूषण प्रदान गरिने छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेशको प्रमुख बिभूषण प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट विसं २०३६ कात्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरी संस्थापक सदस्य, नेपालको प्रजातान्त्रिक अन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार भएका, गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा सहभागी भएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य(राजु नेपाली) लाई बिभूषित गर्ने घोषणा गरिएको छ ।
यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट अधिकार र पहिचानको अन्दोलनमा विगत ६० वर्षदेखि अग्रपङ्तिमा रही कार्य गरेका र राणा शासनको समयमा जनही प्रथाविरुद्ध अवाज उठाएको, किसानको शाहदतपछि सोको याद झल्काउने अजिगरा स्तम्भ निर्माण गरेका कपिलवस्तुका रामवरण यादव र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद भएका रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक पतिपत्नीलाई विभूषित गरिने घोषणा गरिएको छ ।
यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी र गुल्जार खान, शसस्त्र द्वन्द्वमा बेपत्ता भएकी बर्दियाकी निर्मला योगी तथा शसस्त्र द्वन्द्वमा शहीद भएकी रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।
यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ १ बाट गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सहभागी भई योगदान गरेका गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री लाई प्रदान गरिने भएको छ ।
मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बाट बर्दियाका शसस्त्र द्वन्द्वका घाइते टीकाराम थारु (घाइते) र सङ्घीयता तथा गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहभागी भएका रोल्पाका तेजकुमारी वली लाई प्रदान गरिने भएको छ ।
यस्तै प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेशसेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेशसेवा समर्पण ‘ग’ दुई जनालाई दिइने उल्लेख छ ।
यस्तैगरी उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेशरत्न पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइने जनाइएको छ ।
यस्तै प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिइने राजपत्रमा जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: