Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सन्दर्भ संविधान दिवस: ‘संविधानले हाम्रा अधिकार समेट्न सकेन’

रासस

भजनी । संविधानमा आफूहरुका अधिकार समेटिनुपर्ने माग राखी आन्दोलनरत थरुहट/थारुवान सङ्घर्ष समितिको आन्दोलन हिंसात्मक हुँदा कैलालीको टीकापुर नगरपालिकामा २०७२ भदौ ७ गते भएको घटनामा  सात सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाउनुपरेको थियो । आन्दोलनमा सहभागी केही आन्दोलनकारीलाई पक्राउ गरी मुद्दा समेत चलाइयो । अहिले पनि सात जना टीकापुर घटनाको आरोपमा कारागारमा छन् । थरुहट/ थारुवान राज्यको मागसहित आफूहरुको मूलभूत अधिकार कार्यान्वयन गर्नुपर्ने माग सो समुदायको छ ।

कैलाली, जानकी गाउँपालिकाका विश्राम थारु संविधान निर्माणका क्रममा आफ्ना अधिकार संविधानमा सुनिश्चित हुनुपर्छ भनी आन्दोलनमा होमेलीय । आन्दोलनका क्रममा  टीकापुर घटनाको आरोपमा विश्रामले साढे वर्ष कारागार जीवन बिताउनुपर्‍यो । कैलाली जिल्ला अदालत र पुनरावेदन अदालत डोटीले विश्रामलाई सफाइ दिइसकेका छन् । “आफ्नो अधिकारलाई राज्यले संविधानमा सुनिश्चित गर्न शान्तिपूर्ण आन्दोलन गरिए पनि राज्यले थाहरुका माग संविधानमा सम्बोधन गर्न सकेन”, विश्रामले भने, “अझै पनि  अधिकारको लडाइँ जारी नै छ । राज्यले केही माग पूरा गरे पनि केहीमा सरकारले चासो दिएको  छैन ।”

टीकापुर– ५ का रामनारायण चौधरीले पनि टीकापुर घटनामा दोषीको आरोपमा साढे तीन वर्ष कारागार जीवन बिताउनुपर्‍यो । “हामीहरुले  आफ्नो पहिचान र अधिकारको माग गर्दै राज्यसँग गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा भएको घटनामा निर्दोषले पनि कारवाही भोग्नुपर्‍यो तर पनि हाम्रा अधिकारहरु संविधानमा सुनिनिश्चित हुन सकेन”, रामनारायणले भने, “राज्यले थारु समुदायलाई सधैँ उपेक्षा गर्दै आयो । अझै पनि हाम्रो मुद्दाको अन्तिम सुनुवाइ हुनसकेको छैन ।” उनले अधिकारका लागि भएको आन्दोलनलाई राज्यले ठूलो बनाएको बताउँदै अहिलेसम्मका अन्य राजनीतिक घटना जस्तै थारु आन्दोलनलाई पनि राजनीतिक घटना बनाएर  सबै निर्दोष थारुहरुलाई नि:शर्त रिहाइको माग गरे ।  

भजनी नगरपालिका वडा नं ६ की यमुनादेवी चौधरीका श्रीमान् सन्तकुमार अहिले सुनसरीको झुम्का कारागारमा छन् । उनी  पनि टीकापुर घटनामा दोषी ठहर गर्दै पक्राउ परेका थिए । चौधरीलाई कैलाली कारागार हुँदै दिपायल कारागारबाट सुनसरी पुर्‍याइएको छ । सन्तकुमार र सीताराम चौधरीका नाममा दुई मुद्दा उनले खेप्नुपरेको छ । “राज्यले श्रीमान्लाई पक्राउ गरेपछि  दुई छोरी र म कष्टकर जीवन बिताइरहेका छौँ । घरको मूली मान्छेलाई राज्यले दोषी ठहर गरी कारागार पठायो । घरको आम्दानीको स्रोत नै गुमेको छ”, यमुनादेवीले भने,   “राज्यले हामी थारु समुदायलाई निकै उपेक्षा गर्दै आएको छ । यो वियोगमा हामीले कुन सन्तुष्टिमा घरमा दीपावली गराँैं ? कसरी राष्ट्रिय झण्डा फहराऔँ ?”सरकारले यसअघि भएका सहमति कार्यान्वयन गरी संविधानलाई सबैको पहुँचमा लैजानुपर्ने माग थारुहरुको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending