Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

खबरडबली संवाददाता
काठमाडौँ । मिर्गौलापीडित सरोकार समाजले बजेटमा मिर्गौलापीडित लगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।
 
अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले आज धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गङ्गादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन् । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौलापीडित छन् । उहाँको नियमति डायलासिस भइरहेको छ ।
 
“अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता अर्थमन्त्री शर्माले पुनः दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीलाई मासिक भत्ता पाँच हजार दिने बजेटमा व्यवस्था गर्नुभएकामा सम्पूर्ण दीर्घरोगीका तर्फबाट एकमुष्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ”, धन्यवाद पत्रमा भनिएको छ ।
 
धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौलापीडित लगायतको साथमा रहेको बताए । सरकारले डायलासिस गरिरहेका मिर्गौलापीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिए ।
 
“हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ”, मन्त्री शर्माले भने, “प्रत्यारोपणमात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।” धन्यवादपत्र ज्ञापन गर्ने क्रममा मिर्गौलापीडित सरोकार समाजले स्वास्थ्य बीमालाई रु एक लाखबाट रु दुई लाख, दीर्घरोगीका सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायतका मागसमेत राखेको थियो ।
 
अर्थमन्त्री शर्माले संसद्मा पेश गर्नुभएको प्रतिस्थापन विधेयकमा क्यान्सर, मिर्गौलापीडित, स्पाइनल कर्ड इन्ज्युरीलगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको छ । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending