Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रदेश नं १ मा २६१ जना कोरोना सङ्क्रमणमुक्त

खबरडबली संवाददाता
विराटनगर । प्रदेश नं १ मा आज २६१ जना कोरोना सङ्क्रणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं  १ मा सबैभन्दा बढी झापामा १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती सङ्क्रमित झापाको १३ वटा पालिकामा देखिएका हुन् । सो अवधिमा प्रदेशभरिमा एक हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार झापाबाहेक मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा पाँच÷पाँच, भोजपुर, उदयपुर र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा आज आठ जिल्ला बढी प्रभावित भएको देखिएको छ । 
 
स्थानीय पालिका अनुसार झापामा १३ वटा पालिकाअन्तर्गत झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाइमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०÷१०, बुद्धशान्ति र भद्रपुरमा छ÷छ, बाह्रदशी र हल्दिबारीमा चार, कमल गाउँपालिकामा तीन, गौरादह र झापा गाउँपालिकामा दुई÷दुई जनामा कोरोना देखिएको हो ।
 
मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा सात, केराबारीमा पाँच, रतुवामाईमा दुई, बेलबारी, लेटाङ, रङ्गेली, धनपालथान, बूढीगङ्गा र कटहरीमा एक÷एक गरी १२ वटा पालिकामा, सुनसरीको छ वटा पालिकाअन्तर्गत इटहरीमा ४२, धरानमा ११, रामधुनीमा चार, हरिनगरमा दुई, इनरुवा र देवानगञ्जमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, छथर र पाख्रिबासमा एक÷एक गरी तीन पालिकामा देखिएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा तीन, सूर्योदय र चुलाचुलीमा एक÷एक गरी तीन पालिकामा, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र सङ्खुवासभाको खाँदबारीमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending