काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले बताए । “आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, उनले भने।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव छ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: