Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएकाले त्यसप्रति ध्यान दिन अर्थमन्त्री शर्माको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । 

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।  

उनले भने, “असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।” 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताए । उनले भने,  “तपाई व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भग्नु नपरोस् भन्ने हामी चाहन्छाँै ।”

नेकपा (माओवादी केन्द्र) ललितपुरका जिल्ला इन्चार्ज हरि दाहाल र केन्द्रिय सदस्य गङ्गा कार्कीले यस व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताउँदै यसमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

नेपाल राष्ट्रिय निजामति कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले मुलुक निर्माणको अभियानमा कोही कतैबाट केही सानातिना गल्ती भेट्दिा सबैले आलोचना खेप्नु परिरहेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । 

नेपाल इञ्जिनियरिङ एशोसिएशनका महासचिव छवि पोखरेलले निर्माण व्यवसाय फस्टाउनका लागि सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए । 

नेपाल  निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीभित्र रहेका त्रुटि एक जुट भएर सच्याउन अनुरोध गरे । सो सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीका हितमा ऐन संशोधन भएमात्रै आफूहरुले न्याय पाउने बताए । 

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निर्माण व्यवसायमा लो बिडिङ र क्रेडिटलाइनको सबैभन्दा ठूलो समस्या रहेकाले यसको समाधान   गर्न सुझाव दिए । सङ्गठनका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईले २०६४ सालमा गठन भएको सो संस्थाले व्यवसायीमा परेका समस्या समाधान गर्न अब आउने नेतृत्व चुस्त र दुरुस्त हुनुपर्ने बताए । 

सङ्गठनका अध्यक्ष शिवप्रसाद चौलागाईंले यो व्यवसायलाई थप मर्यादित बनाउँदै लैजानुपर्ने उल्लेख गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies