काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको ५७औँ राष्ट्रिय बाल दिवस– २०७८ को मूल समारोह समितिको भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले प्रत्येक कोभिड अस्पतालमा प्रभावित बालबालिकाका लागि कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको अवगत गराए ।
नेपालको संविधानले बालबालिकालाई मौलिक हकका रुपमा आत्मसाथ गरेको र सरकारले बालबालिकासम्बन्धी ऐन, कानूनहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जनाउँदै प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको बताए ।
“समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक छ । बाल अधिकार संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो”, प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, १९८९ मा नेपाल पक्ष राष्ट्र भएको ३० वर्ष पूरा भएको छ । उक्त महासन्धिलाई नेपालले अनुमोदन गरेकोे दिनलाई राष्ट्रिय बालदिवस मनाउन थालिएको हो ।
“सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” को नारासहित आयोजित दिवसमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले दिवस केवल नारामा मात्र सीमित नरहोस् र सडक बालबालिकामुक्त राष्ट्र हुन सकोस् भन्ने कामना गरे । जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीता सुन्दासले कुनै पनि बालबालिकाले नाना, खाना र छानाबाट वञ्चित हुन नपरोस् भन्ने भावनालाई व्यवहारत: कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालअधिकारको संरक्षणका लागि तथा बालबालिका एवं महिला हिंसाविरुद्ध साझा प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव यामकुमारी खतिवडा र परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बाल अधिकार संरक्षण र संवद्र्धनका क्रममा भएका प्रयास र उपलब्धिका बारेमा जानकारी गराएका थिए । युनिसेफ नेपालका प्रतिनिधि इल्के विस्च, नगरपालिका महासङ्घ नेपालका अध्यक्ष अशोक ब्याजु, विभिन्न मन्त्रालयका प्रतिनिधिलगायतले बालअधिकारका लागि आफूले गरेका प्रयासबारे उल्लेख गर्दै दिवसको शुभकामना दिएका थिए ।
दिवसका सन्दर्भमा आह्वान गरिएको सङ्घीय नेपालमा बालअधिकार विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट भएका तीन भिडियोको नतिजा घोषणा गरियो । छनोट समितिको मूल्याङ्कन अनुसार घोषित विवरणअनुसार प्रथम:अमृत रिजाल र जानुका जमरकट्टेल, द्वितीय : श्रद्धा श्रेष्ठ र समूह, तृतीय : सिर्जनशील संस्था नेपाल भएको छ । उत्कृष्ट भिडियोलाई क्रमश: प्रथमलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिनेछ ।
दिवसकै अवसर पारेर सडक बालबालिका मुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, परिषद् र नेपाल रग्वी एसोशियसनले सडक बालबालिकालाई रग्वी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिँदैछ । उक्त प्रशिक्षणमा ४० जना सडकबाट उद्धार तथा संरक्षण व्यवस्थापन गरिएका बालबालिकाको सहभागिता रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: