Life insurence
Khabar Dabali ८ आश्विन २०७८ शुक्रबार | 24th September, 2021 Fri
Himalayan Golden detail page

भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै, बालबालिका तथा महिला बढी प्रभावित

रासस

डोटी । जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट  विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या  बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य सस्थाले जनाएका छन्  । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा  दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेकोे जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण जोशीले भने, “अस्पतालमा अन्य रोगभन्दा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ, दैनिक आउने ज्वरोका बिरामीका कारण उपचार गर्नमा निकै समस्या हुँदै आएको छ ।” 

निजीस्तरका अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ३०/४० प्रतिशत भाइरल ज्वरोको समस्या हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताइन  । यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएको महाकाली पोलिक्लिनिक दिपायल राजपुरका स्वास्थ्यकर्मी पदमसिंह महराले जानकारी दिए । 

पछिल्लो केही दिनयता यहाँका गाउँघरमा समेत भाइरल ज्वरोका बिरामी देखिन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोबिन्द विष्टले बताए ।  यहाँका निजी मेडिकलमा उच्च जोडका औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा निजी मेडिकलप्रति बढी आकर्षित हुने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी चेतराज भट्टले जानकारी दिए ।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले बताए । 

यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोबाइल चोरीको आरोपमा २ जना पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना प...

नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख मूल्य बराबरको हरियो केराउ बरामद

कपिलवस्तु । अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार प्रहरीले बरामद गरेको छ । ...

कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौँ । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले क...

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

सयुक्त राष्ट्रसंघ । सयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्...

प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच दुई विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा ...

व्यापारी मृत्यु प्रकरण: ५ जना नियन्त्रणमा

बैतडी । एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।  सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पस...

महामारीका कारण सुनसान बनेको अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ ।  कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् ।  कोरोना सङ्क्रमणको जोखिम कम भ...

राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ ।   बैठकमा अर्थमन्त्री ...

नाइजेरियाको उत्तरी प्रान्तमा हैजाबाट ३२९ जनाको मृत्यु

लागोस । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ...

भारतमा थप ३१ हजार ९२३ जना कोरोनाबाट सङ्क्रमित

नयाँदिल्ली ।  पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतम...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy