Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्। उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरिन्। स्रोतका अनुसार भेटमा उनले आफू नेपालमा एमसिसीका पक्षमा दबाब सिर्जना गर्न नभई यसको अवस्था बुझ्न आएको र नेपालले सकारात्मक निर्णय गर्नेमा आशावादी रहेको बताएकी छन्।

सुमारसँगको भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक परिवर्तनमा यसको महत्वबारे छलफल भएको जानकारी देउवाले दिएका छन्। भेटमा नेपाल–अमेरिका सहयोगका अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ। 

सन् २०१७ मा आफ्नै प्रधानमन्त्रित्वकालमा सम्झौता भएको एमसिसीलाई कार्यान्वयन तहमा अघि बढाउन देउवा प्रतिबद्ध छन्। तर सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सबैसँगको सहमति र सम्झौता संंशोधन गरेरमात्र एमसिसी कार्यान्वयन तहमा अघि बढाउनुपर्ने अडान राखेका कारण देउवाको मात्र चाहनाले यो संसद्बारा पारित हुने अवस्था छैन।

एमसिसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटिन्। भेटमा अध्यक्ष दाहालले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएरमात्र अगाडि बढ्न सकिने बताए। दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए। 

दाहालले अग्रगमनकारी वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेकोसमेत बताएका थिए। सत्तारुढ गठबन्धनबीच पनि एमसिसीबारे साझा धारणा बनाएर अघि बढ्ने समझदारी भएको दाहाल निकट स्रोतले जानकारी दियो। एमसिसीलाई अघि सारेर गठबन्धन भत्काउने प्रयास भइरहेको र त्यसमा सचेत हुँदै साझा धारणा बनाउने समझदारी भएको जनाइएको छ। भेटमा सुमारले आफू नेपालमा कुनै दबाब दिन नभई एमसिसीको अवस्था बुझ्न आएको बताएकी थिइन्।

सुमारले ऊर्जामन्त्री भुसाललाई उनकै मन्त्रालयमा भेटेर एमसिसी कार्यान्वयनका विषयमा कुराकानी गरेकी हुन्। मुख्यगरी परियोजनाको लक्ष्य विद्युत् प्रसारण लाइन निर्माण भएकाले उनले उर्जामन्त्रीलाई भेटेर कुराकानी गरेकी हुन्। सुमारले परियोजना कार्यान्वयनमा सहयोग गर्न मन्त्री भुसालसँग आग्रह गरेकी थिइन्। मन्त्री भुसालले यस विषयमा राजनीतिक सहमति र जनचाहनाअनुसार अघि बढ्ने बताएकी थिइन्।

सुमारले बिहीबार काठमाडौं आएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपाल र जनता समाजवादी पार्टीका शीर्ष नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेट गरेकी थिइन्। प्रधानमन्त्रीसहितका नेतासँगको भेटमा सुमारले नेपालले एमसिसीबारे सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको बताएकी छन्। नागरिक दैनिकबाट साभार

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो, सानो मेहनतले फर्किँदैन

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ । यहाँको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख ...

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफल गर्दै

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ...

बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय ...

बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित

बैतडी । बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् ।  शिवनाथ गाउँपालिकाको सुल्लेख...

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजे...

एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेल...

अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौँ । सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सांझ अबैध रुपमा ल्याइएको  मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त...

महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्...

विहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies