बैतडी । बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् ।
शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति जना लाभान्वित भएका हुन् । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट छ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए।
शिविरमा आएकामध्ये एक सय ६ जनाको आँखाको मोतियाबिन्दु र चार जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले शिविरमा सेवा लिएकाले शल्यक्रियासहितको आँखासम्बन्धी सेवा पाएको बताए।
यस्तै सुर्नया गाउँपालिकाको शङ्करपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा आठ सय पाँच जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए। यसअघि जिल्ला अस्पताल बैतडीमा वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा पाँच सय ६५ जनाले सेवा लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - १७:२९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा द...
माघ २६ गते, २०८१ - १७:०३
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो। ...
माघ २६ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन्। शनिबार काठमाडौंमा अर्...
माघ २६ गते, २०८१ - १६:३८
दार्चुला। दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दल...
माघ २६ गते, २०८१ - १६:२४
नयाँ दिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारती...
माघ २६ गते, २०८१ - १६:०८
कावासोती । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको ...
माघ २६ गते, २०८१ - १५:४६
पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं.२०४९ मा ट्रयाक खोलिएको भए पनि...
माघ २६ गते, २०८१ - १५:१७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्...
माघ २६ गते, २०८१ - १४:५०
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएको छन । आज यहाँ आयोजित एक कार्यक्रममा ...
माघ २६ गते, २०८१ - १४:३८
घोराही । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु ...
प्रतिकृया लेख्नुहोस्: