काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पुर्याउन सबै लाग्नुपर्ने बताएका छन्।
कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत उनले सो प्रतिबद्धताका साथ पार्टीको १४औँ महाधिवेशनमा सक्रिय पार्टीका नेता कार्यकर्ताहरूमा शुभकामना व्यक्त गरेका छन् ।
प्रजातान्त्रिक समाजवादका प्रणेता बिपीले स्थापित गरेका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकाले नै कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भएको उनको भनाइ छ ।
लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुन:स्थापना र संरक्षण तथा विकासमा कांग्रेसका नेता तथा कार्यकर्ताले गर्नुभएको त्याग र बलिदानका कारण कांग्रेस नेतृत्वमा विसं २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुन:स्थापना सम्भव भएको डा महतले उल्लेख गरेका छन् ।
साथै विसं २०६२/६३ को शान्तिपूर्ण आन्दोलनमार्फत निरंकुश राजतन्त्र पराजित हुन गई संविधानसभा बैठकले गणतन्त्र स्थापना गरेको र कांग्रेसको नेतृत्वमै सङ्घीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास रच्न सकेको यथार्थलाई उहाँले स्मरण गरेका छन्।
कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको र वडा तहमा नेतृत्व र प्रतिनिधि निर्वाचित भइसक्नुभएको यस अवसरमा यसपटकको बिपी जन्मजयन्तीको विशेष महत्व रहेको उहाँले बताउनुभएको छ । यसले हामीलाई बिपीले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने विश्वास लिएको सहमहामन्त्री डा महतले सो सन्देशमा उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...
मंसिर २२ गते, २०८२ - १४:०२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...
मंसिर २२ गते, २०८२ - १३:४४
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज...
मंसिर २२ गते, २०८२ - १३:२७
काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा आज दिउँसो करिब सवा १२ बजेतिर दुईवटा बस आपसमा ठोक्किएका छन्। घा...
मंसिर २२ गते, २०८२ - १३:१४
मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आ...
मंसिर २२ गते, २०८२ - १२:५६
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...




प्रतिकृया लेख्नुहोस्: