बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिए ।
मन्त्रिपरिषद्मा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला छन् । आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका हुन् ।
प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनालीलाइ नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: