Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

क्यासिनो सञ्चालनको तयारीमा

खबरडबली संवाददाता

काठमाडौँ । कोभिड–१९ महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन् ।

सरकारले कोभिड महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हालै हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन् । राजधानी काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले भदौ १७ देखि निषेधाज्ञा हटाएसँगै अधिकांश क्यासिनो सञ्चालनका लागि व्यवसायीले तयारी गरेको क्यासिनो सञ्चालक सङ्घले जनाएको छ । 

व्यवसायीले एक/दुई दिनभित्रै क्यासिनो सञ्चालनमा ल्याउने सङ्घका अध्यक्ष किशोर सिलवालले जानकारी दिए । “निषेधाज्ञा खुलेकाले एक/दुई दिनमै क्यासिनो खोल्न धेरै क्यासिनोले तयारी गरेका छन् भारतमा कोभिडको तेस्रो लहरको हल्ला छ अवस्था कस्तो हुन्छ, उपयुक्त वातावरण हेरेर सञ्चालन गर्छांै, अहिले पर्ख र हेरको अवस्थामा छौँ”, उनले भने ।

नेपाली क्यासिनोको प्रमुख स्रोत बजार भारत हो । भारतबाट उल्लेख्य सङ्ख्यामा व्यापारी तथा उच्च घरानिय क्यासिनोको मनोरञ्जन लिन नेपाल आउछन् । नेपालको क्यासिनो बजारमा भारतीय ग्राहक नै हुन्छन् । क्यासिनोमा अधिकांश भारतीय व्यापारीले लगानी गरेका छन् । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ । कोभिड महामारीअघि पनि राजधानीका कतिपय क्यासिनो सञ्चालनमा थिएनन् लामो समयदेखि बक्यौता नतिरेकाले सञ्चालनमा रोक लगाइएको थियो । थोरै सङ्ख्यामा क्यासिनो खुले पनि महामारीले बन्द गर्नुपरेको थियो । 

राजधानी बाहिर पनि मिनि क्यासिनो सञ्चालनमा छन् । कोभिड महामारी नियन्त्रण गर्न सरकारले विसं २०७६ चैत ११ देखि मुलुकभर बन्दाबन्दी गरेको थियो । मङ्सिर महिनापछि बन्दाबन्दी खुले पनि पुनः कोभिडको दोस्रो लहर शुरु भएपछि विसं २०७८ वैशाख १६ गतेदेखि राजधानी उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको थियो । रैथाने व्यक्ति, व्यापारी तथा उच्च घरानाका व्यवसायीले मनोरञ्जनात्मक रुपमा खेल्ने जुवाखेल नै  क्यासिनो हो ।  अहिले पर्यटकदेखि तारे होटल सञ्चालनमा छन् । तर विदेशी पर्यटक नहुँदा होटलले यात्रु पाउनै सकेका छैनन् । 

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले होटल खुले पनि ग्राहक नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भइरहेको बताए । उनले पर्यटन क्षेत्रलाई राहत दिनका लागि सरकारले बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयनका अवस्था आए सहज अवस्था सिर्जना हुने बताए । अहिलेको अवस्थामा विदेशी पर्यटकलाई अनअराइभल प्रवेशाज्ञाको व्यवस्था गर्नसकिए पर्यटक आकर्षण हुने उनको भनाई छ । अहिले पनि विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरी नेपालमा कोभिडको जोखिम रहेकाले आफ्ना नागरिकलाई भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् । यो फुकुवा नभएसम्म पर्यटक आउन समस्या हुने उपाध्यक्ष शाहको भनाइ छ ।

सरकारले क्यासिनो व्यवसायीलाई बक्यौता तथा रोयल्टी रकम तिर्न बारम्बार ताकेता गर्दै आएको छ । महामारीका कारण बक्यौता उठेको छैन । पर्यटन विभागका अनुसार क्यासिनोबाट विसं २०७० देखि २०७६ सम्मको रु ७० करोड बाँकी छ । त्यस्तै कुमारी चोकमा रु एक अर्ब २५ करोड बक्यौता उठाउन बाँकी छ । बक्यौता उठ्न नसकेपछि विभागले विसं २०७३ कुमारी चोकलाई लेखी पठाएको थियो । यो रकम क्यासिनोको जरिवाना र पेनाल्टीसहितको हो । 

महामारीको अवधिको रकमको हिसाब छैन । हाल मुलुकभर १५ भन्दा बढी क्यासिनो सञ्चालनमा छन् । दशवटा क्यासिनो अदालतको आदेशमा चलेका छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन् । राजधानीका पाँचतारे अधिकांश होटलमा क्यासिनो सञ्चालन छन् । राजधानी बाहिरका सुविधासम्पन्न तारे होटलमा पनि क्यासिनो सञ्चालन भइरहेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE