झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी७४डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुन: भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले दिउँसो मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोलपम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो । सो सूचना पाएपछि प्रहरीले ट्रक, ट्रकचालक भारत पश्चिम बङ्गाल नक्सलबारीका ३० वर्षीय विकास दास र सहचालक सोही स्थानमा ३४ वर्षीय सुजल साहलाई नियन्त्रणमा लिएको छ भने रू सात लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइएको छ ।
भारतको पश्चिम बङ्गालभन्दा झापामा प्रतिलिटर डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । भारतको पश्चिम बङ्गालमा डिजेल प्रतिलिटर भारु ९१ रुपैयाँ ७१ पैसा (नेपाली १४६ रुपैयाँ ७३ पैसा) पर्छ भने झापामा डिजेल प्रतिलिटर १११ रुपैयाँ ५० पैसामा पाइन्छ । यो घटना सार्वजनिक भएसँगै झापामा पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली देखिएको छ । घटना सार्वजनिक भएसँगै यस्ता सवारी साधानमाथि निगरानी बढाउने प्रहरी अधिकारी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...



प्रतिकृया लेख्नुहोस्: