Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

खबरडबली संवाददाता

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण  औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । 

पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको छ । 

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरूपमा घर–घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ ।  

घरमै मनाइँदै पितृ सम्मान दिवस

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दु:खीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 

गोकर्णलगायत तीर्थस्थलमा गरियो औँसी श्राद्ध

यस वर्ष औँसी श्राद्ध सोमबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ्दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यानमा  राख्दै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी जगदीशचन्द्र भट्टले बताए । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका थिए ।

सोमबार मघा नक्षत्रसमेत परकाले धेरैले श्राद्ध गरेनन् । मघा नक्षत्र परेका दिन श्राद्ध गरेमा ज्येष्ठ पुत्र नाश हुने शास्त्रीय वचनका कारण भक्तजन गोकर्णलगायत तीर्थस्थलमा नगएका हुन् । सन्तान नहुने र पिण्ड नदिई गरिने मघा निमित्तक श्राद्ध गर्न भने भक्तजन पुगेका थिए ।बिहानै गोकर्ण पुगेका भक्तजन आइतबार रातिदेखिको वर्षाले गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा परेका कारण प्रभावित भएका थिए । अपराह्नकालमा डुबान कम हुँदै गएपछि भक्तजन श्राद्ध गरेर बाहिरिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिक प्रहरीका एसएसपीले गरे ग्वार्को ओभरपास उद्घाटन

काठमाडौं। ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी का...

६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

काठमाडौ। सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परे...

तीनकुने अन्दोलनका घाइतेको नि:शुल्क उपचार गराएको तीन अस्पतालले मागे ३९ लाख रकम

काठमाडौँ। तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको उपचार गराए बापत तीन अस्पतालले  ३९ लाख भन्दा बढी रकम माग गरेका छन् ।  विसं। २०...

इजरायल र इरानबाट फर्कन चाहने नेपालीको उद्धारको तयारीमा छौँ: परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा.। आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल स...

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ...

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ...

देशभर फैलियो मनसुन प्रणाली

काठमाडौं। यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाए...

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर-१ दोबाजमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्...

मैले अग्रसरता नलिएको भए जाजरकोट भूकम्पमा उद्धार प्रभावकारी हुन्थेन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अ...

रौतहटमा अबैध ४५ लाखको समानसहित ट्रक बरामद

रौतहट । रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गौर र इलाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending