Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

\"pahero\"१५ साउन, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक बिहीबारदेखि अवरुद्ध भएको छ । बाबियाचौर गाविस–५ लाम्पाटामा पहिरो गएपछि बेनी दरवाङ सडकमा सिधा सवारी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक अवरुद्ध हुँदा पश्चिमी क्षेत्रको बाबियाचौर, अर्मन, निस्कोट, बिम, मल्कवाङ, देविस्थान, मराङ, रुम, ओखरबोट, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र दरवाङ गाविसका बासिन्दालाई सदरमुकाम बेनी आउन जान समस्या भएको छ । यसैगरी जिल्लाको दोस्रो व्यापारिक केन्द्र मानिने दरवाङ बजारमा दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । लाम्पाटामा करिब ८० मिटर सडक पहिरोले बगाएको छ । लाम्पाटाको पहिरोले विगत चार वर्षदेखि बर्खायाममा सडक अवरुद्ध भएर पश्चिम म्याग्दीको जनजीवन प्रभावित भए पनि पहिरो नियन्त्रणका लागि सरोकारवाला निकायले गम्भीर भएर पहल नगरेको स्थानीयवासीको गुनासो छ । दरगाउँ पहिरोको जोखिममा भूकम्प र परकम्पका कारण चर्किएको बस्ती माथिको पहाडबाट पहिरो खस्न थालेपछि म्याग्दीको दर गाउँ जोखिममा परेको छ । मुना गाविस–७, ८ र ९ मा पर्ने दर गाउँभन्दा माथि रहेको पहाडबाट केही दिनदेखि पहिरो खस्न थालेको छ । धाँजा फाटेको पहाड भारी वर्षाले भिजेर पहिरो खस्दा बारीमा लगाएको मकै र कोदो बालीलाई क्षति गरेको स्थानीयवासी बेलबहादुर पाइजाले बताए । दरगाउँमा सय घरधुरीको बसोबास रहेको छ । जसमध्ये १५ घर उच्च जोखिममा रहेको पाइजाले बताए । पहिरोको जोखिम अध्ययन गरिदिन दरवासीले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । पहिरोका कारण धनजनको क्षति हुन नदिन सतर्कता अपनाएको र जिल्ला प्रशासन कार्यालयमा बिहीबार यस बारेमा जानकारी गराएको मुनाका गाविस सचिव विष्णुप्रसाद पौडेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending