Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

महाधिवेशनअगावै कांग्रेस नेतृत्वको टुङ्गो, मनाङ सभापतिमा गुरुङ

खबरडबली संवाददाता

मनाङ । देशैभर विभिन्न तहको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी चलिरहेको छ । भदौ १८ गते कांग्रेसको वडा तहको निर्वाचन हुँदैछ । यससँग नगर/गाउँ समितिको नेतृत्व चयन गरिनेछ । 

जिल्ला तहको निर्वाचन आउने अझै समय बाँकी नै छ तर, विकट हिमाली जिल्ला मनाङमा भने वडा तहको महाधिवेशनअगावै नेतृत्व टुङ्गो लगाइसकेको छ । मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको छ । देशका सबै क्षेत्रमा कांग्रेसको १४औँ महाधिवेशनको तयारीमा भइरहेको र कांग्रेसले समय तालिका निर्धारण गरे पनि कही अझै हुने नहुने अन्योलता छ । 

पटकपटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले यही भदौ १८ गतेदेखि वडा तहबाट अधिवेशन सुरु गर्ने समय तालिका निर्धारण गरे पनि आवश्यक तयारीका लागि पर्याप्त समय नहुँदा कार्यकर्ताबीच अन्योलता छाएको छ तर, मनाङमा भने विवादरहित तवरबाट सर्वसम्मत नयाँ नेतृत्वको टुङ्गो लागिसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शङ्कर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको छ । दुई कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताको छलफलबाट आगामी कार्यकालको नयाँ नेतृत्व टुङ्गो लगाइएको उनले बताए । 

जिल्ला सभापतिसहित मनाङ कांग्रेसले सङ्घ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए । नेतृत्व छनोट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर बन्ने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने सभापति टेकबहादुरको भनाइ छ ।

देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादकै कारण उल्झनमा रहेको कांग्रेसमा मनाङ कांग्रेसले गतिलो उदाहरण बनेको छ । देशका अधिकांश जिल्लामा क्रियाशील सदस्यता, नेतृत्व दाबीलगायत विषयमा विवाद हुँदा अधिवेशनसमेत अन्योलता आएको छ । 

विशेष गरी कांग्रेसभित्र गुट उपगुटको राजनीति मौलाउँदै गएकाले समस्यासमेत थपिँदै गएको कांग्रेस शुभेच्छुक बताउँछन् । कांग्रेसभित्र अधिवेशनका बेला देखिएको गुट उपगुटले स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा समेत असर गर्ने गरेको छ । 

त्यसैले पार्टी बलियो हुनुको सट्टा झनै कमजोर बन्ने गरेको कांग्रेस कार्यकर्ताले स्वीकार गर्दै आएका पनि छन् । कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको छ । मनाङमा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद भएको छैन । 

देशका अन्य जिल्लामा उम्मेदवार तय नहुँदै मनाङ कांग्रेसले भने दोहोर्याएर प्रचारप्रसार गरिसकेको उदाहरण छन् । आगामी दिनमा पनि पार्टी सङ्गठनको हित र देशका लागि स्वार्थभन्दा माथि उठेर योगदान, योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्न मनाङ कांग्रेसले देशभरका लोकतान्त्रिक विचारधाराका नेतृत्वकर्तालाई आग्रह गरेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending