धनुषा । नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ ।
नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।
नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताए । उनीहरु प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको उनले जानकारी दिए । सनाखत गराउने बेलासम्म यो सङ्ख्यामा केही थपघट हुन सक्ने उनको भनाइ छ ।
यसअघि एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई दलका नेता चयन गरेको थियो । यसरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उनले जानकारी दिए । सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।
यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: