Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाडेकी छन् । उनले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आएकी छन् ।

“बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उनले भनिन् ।

सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा मगरले पनि तरकारीमा न्यून मात्रामा विषादी प्रयोग गर्ने गरेको बताइन् । उनले पनि एग्रोभेटको अनुसार भिटामिन थोरै प्रयोग गर्ने गरेको जानकारी दिँदै विषादीका रूपमा घरेलु उपचार विधि सञ्चो, टिमुर लसुन प्रयोग गरिएको बताइन् ।

अर्का किसान सरस्वती नगरकोटीले टिमुर २० ग्राम, ल्वाङ २० ग्राम, खोर्सानी ५० ग्राम, रक्सी ५० एमएल, लसुन ५० ग्राम, असुर बकाइनो, तितेपाती सुकेको १०० ग्राम एक लिटर पानीमा ४५ मिनेट पकाएर विषादी बनाउन सकिने जानकारी दिइन् । चाँगुनारायण नगरपालिका–२ का किसान टेकबहादुर लाखाजुले रसायनिक मल प्रयोग नगरी तरकारी बालीमा जैविक मल प्रयोग गरेको बताइन् । उनले उपभोक्ताले पनि जैविक मल प्रयोग गरेको तथा अर्गानिक तरकारी उपभोग गरेर रसायनिक मल र विषादी प्रयोग गरेका तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताइन्।


भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानले तरकारी बालीमा विषादी र रसायनिक मलको विकल्पमा जैविक मल र विषादी प्रयोग गर्न थालेका छन् । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपालले भक्तपुरका ती दुई नगरपालिकामा गरेको अध्ययनले किसान विषादी र रसायनिक मलको प्रयोगमा सचेत बन्दै गएको देखिएको हो । जिल्लाका ग्रामीण भेगमा गम्भीर प्रकृतिका नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढ्न थालेपछि किसानले तरकारी बालीमा विषादी प्रयोगमा कमी ल्याएको अध्ययनले देखाएको छ । 

“विगत पाँच वर्षको तुलनामा अहिले सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा लगाइएका तरकारीमा विषादीको प्रयोगमा कमी भएको पाइएको छ”, प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक पंकज देवकोटाले भने, “तरकारीमा प्रयोग भएका विषादीले मानवीय स्वास्थ्यमा गम्भीर असर परेका विभिन्न समाचार, लेखरचना र सामाजिक सञ्चालबाट प्रचारप्रचार भएपछि स्थानीय किसानमा चेतना जागृत भएको छ ।”

विषादीको प्रयोगमा तुलनात्मक रूपमा कमी आए पनि निर्मूल भने हुन सकेको छैन । केही किसानले बढी उत्पादन गर्ने लोभमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादी अझै प्रयोग गरिरहेको पनि सो प्रतिवेदनले औँल्याएको छ । अध्ययनका क्रममा छोटो समयमा राम्रो मुनाफा खोज्ने किसानको प्रवृत्तिका कारण तरकारीमा अन्धधुन्न रूपमा विषादीको प्रयोग भएको पाइएको देवकोटाले बताए ।

चाँगुनारायण नगरपालिका–६ का किसान लक्ष्मी केसीले विषादी प्रयोग नगर्दा पर्याप्त उत्पादन नहुने धारणाले गर्दा गोलभेडा खेतीमा सबैभन्दा बढी विषादी प्रयोग हुने गरेको बताइन् । उनले भनिन्, “टनेल खेतीमा अत्यधिक मात्रामा विषादी प्रयोग हुन्छ । त्यस्तै सबैभन्दा बढी माटोमा अम्लियपन हुनुको कारण नै झारमार्ने विषादीको प्रयोग बढी हुनु हो ।”

नेपाल सरकारले नुवान, झारनासक टिटाक्लोर, डाइकोरफास्ट, काउरोक्युरादेनलगायत विषादी रोक लगाइएको छ । अध्ययनका क्रममा चाँगुनारायण र सूर्यविनायकमा उक्त विषादीको प्रयोग नभएको पाइएको देवकोटाले बताए । विषादीको प्रयोगले स्थानीय किसानले लगाएका बालीनालीमा डडुवा, ढुसी, माटोको अम्लियपन बढ्दै गएकाले व्यावसायिक रूपमा लगाएका खेतीमा समस्या आएको देवकोटाले बताए ।

“किसानले बालीनालीमा रसायनिक मल र विभिन्न किसिमका विषादीहरूको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा कमि आएकाले किसानले रसायनिक मलभन्दा पनि स्थानीय कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसको लागि नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ,” उनले भने ।

जैविक विषादीको प्रयोग वृद्धि गर्न किसानलाई कृषि विषादी र किटनाशक औषधिसम्बन्धी तालिम तथा गोष्ठी आवश्यक भएको सूर्यविनायक नगरपालिका–७ स्थित साना किसान सहकारी संस्थाकी अध्यक्ष अम्बिका भण्डारी बस्नेतले बताइन् । उनले विषादीको विकल्प नगरपालिकाले किसानलाई दिन नसकेको गुनासो गरिन् ।

तरकारीमा रसायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग सम्बन्धमा नगरपालिकाले स्थानीय किसानलाई तालिम दिए पनि किसानले भने एग्रोभेटको सल्लाहमा विषादीको प्रयोग गर्ने गरेको चाँगुनारायण नगरपालिकाको कृषि शाखा प्रमुख मणिराम दवाडीले बताए ।

कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ मा व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने उद्देश्य अनुरूप प्राङ्गारिक खेती प्रविधिद्वारा उत्पादित कृषिवस्तुको गुणस्तर प्रमाणीकरण गरी कृषि व्यवसायलाई प्रवद्र्धन गरिने उल्लेख गरे पनि स्थानीयस्तरमा त्यस्तो व्यवस्था नभएको नीतिगत विश्लेषण पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा चाँगुनारायण नगरपालिकाको कृषि कार्यमा हुने विषादी प्रयोगलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम अगाडि बढाइने र सूर्यविनायक नगरपालिकाले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने नीति लिए पनि सोअनुसार कार्यक्रम अघि बढाउन नसकेको बताइएको छ ।

स्थानीयस्तरमा नै प्राप्त गर्न सकिने जडिबुटी, कुहिएका केराबाट भिटामिन बनाउन सक्ने, सिस्नो, तितेपाती, बकाइनो र खुर्सानी पिँधेर विषादी बनाउन सकिन्छ तर यस सम्बन्धमा स्थानीय तहले जुनरूपमा पैरबी गर्नुपर्ने हो सो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले नै स्थानीय कानुन निर्माणमा रसायनिक विषादीको विकल्प जैविक विषादी हो भनी उल्लेख गरी सोहीअनुसार कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने र किसानलाई जैविक विषादीप्रति सचेत पार्दै जाने हो भने किसानमा जैविक विषादीप्रति आकर्षण हुन सक्ने देखिन्छ । यसका लागि नगरापालिकाले अभियान नै सञ्चालन गर्नुपर्ने औंल्याएको छ ।

त्यसैगरी जैविक विषादी र मलको प्रयोग वृद्धि गर्न माटोको उर्बराशक्ति परीक्षण गर्न स्थानीयस्तरमा माटो परीक्षणको व्यवस्था गर्नुपर्ने तथा किटनाशक औषधिको नियन्त्रण गर्नको लागि एग्रोभेटमा नै जैविक विषादीको प्रयोगबारे एग्रोभेट सञ्चालकलाई प्रशिक्षण प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE