Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

महाकालीमा पानीको बहाव बढ्दा आवागमन ठप्प

खबरडबली संवाददाता

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । 
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताउनुभयो । भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।

“नदीमा पानी बढेपछि आइतबार बेलुकीदेखि नै वनबासा पुलमा पैदल र मोटरसाइकल बाहेक ठूला सवारी चलेका छैनन्”, प्रहरी नायब निरीक्षक गुरुङले भने, “अहिले पानी घट्दो क्रममा रहेको बुझिएको छ ।” पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरु प्रभावित बनेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम औँल्याइए पनि यहाँबाट मजदुरीका लागि दैनिक सयौँ नेपाली भारत जाने गरेका छन् ।

गत जेठ महिनायता महाकाली नदीमा दुई पटक ठूलो बाढी आइसकेको छ । यसअघि आएको बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल संरचनामा क्षति पुर्याएको थियो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडीमा अविरल वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा यहाँ महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ । आइतबार रातिदेखिको वर्षाका कारण दार्चुलामा जनधनको क्षति हुनुका साथै पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिणी इरानस्थित विद्यालयमा भएको आक्रमणमा मर्ने छात्राको संख्या ६३ पुग्यो

तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...

ओलीलाई रञ्जितको चुनौती : “जित्नुहुन्न, वाम आन्दोलन जोगाउन मलाई सघाउनुस्”

काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

काठमाडाैे‌ ।   दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, केही घाइते

काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड...

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ...

सिन्धुपाल्चोक-२ मा युवराज दुलालको घरदैलो तीव्र

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाक...

सङ्खुवासभामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचियो

सङ्खुवासभा  । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...

आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : गुरुराज घिमिरेको चुनावी संयोजक, निष्ठाको राजनीतिमा गम्भीर विरोधाभास

मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक ...

प्रेम सम्बन्धले लियो धनुषामा युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE