Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

कोरोना कहरमा कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो

खबरडबली संवाददाता

ललितपु । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा  दर्शनका लागि भक्तजनको भीड लागेको हो  । 

कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर  एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्धि गर्ने भएका छाँै ।” नियमानुसार मन्दिरमा गए राति बाह् बजेपछि कृष्णको पूजा गर्नुपथ्र्यो तर कोरोनाको महामारीलाई ध्यानमा राखी बिहान ५ बजे सम्पन्न गरेर सर्वसाधारणलाई पनि मौका दिइएको पुजारी राजोपाध्यायको भनाइ थियो । 

भरे बेलुका मध्यान्न १२ बजे कृष्णको जन्म भएपछि एक पटक आरती गर्ने अनि महाप्रसादका रुपमा अदुवा, चाकु, नून र ज्वानो खाने  चलन छ । यो जात्रा छोटकरीमा गर्ने सहमति भएकैले ६० स्वयंसेवक खडा गरी एकै लाइनमा महिला र पुरुषलाई  दर्शनका लागि बाहिरै व्यवस्था मिलाइएको मङ्गल टोलसुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए । 

पहिले झै गत वर्ष र यस वर्ष पनि मन्दिरमा ठूलो भीडभाडका साथ दर्शनार्थीको उपस्थिति नभए पनि पाटन दरबार सङ्ग्रहालय परिसर भने पूरै भरिभराउ छ । मन्दिर आएका प्राय सबै भक्तजनको हातमा  कृष्णले शिरमा सधैँ सजाउने मयुरको प्वाँख अनि प्रिय बाजा बाँसुरी पनि देख्न पाइन्छ । 

मन्दिर परिसरमा भजनका साथै कीर्तन अनि दीप प्रज्वलन गर्ने मानिस पनि उतिकै देखिन्छन् । दर्शनार्थीलाई टीका लगाइदिने पुरोहित पनि ठाउँठाउँमा बसेका छन् । महामारी सुरु हुनुअघि लगनखेलदेखि मङ्गलबाजरसम्म दर्शन गर्न आउने मानिसको घुइँचो हुने गथ्र्यो तर त्यत्तिको घुईचो यो वर्ष भने छैन । 

आजका दिन साना बालबालिकलाई पहेँलो कपडा र शिरमा प्वाँख लगाई हातमा बाँसुरी दिने चलन रहेकाले केही परिवारले आफ्ना बालक सजाएर मन्दिर ल्याएको पनि देखिन्छ । कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात झुला झुलाउने व्यवस्था भने यसवर्ष मन्दिर परिसरमा देखिएन । 

मन्दिर व्यवस्थापनका लागि विभिन्न संस्थाका प्रतिनिधिका साथै नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि पनि सक्रिय देखिन्छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोत्रारात्रि’ भन्ने गरिन्छ । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । 

मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचिमा राख्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरिसकेको छ । कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा छ । कोरोना महामारी अघि हरोक दिन  थुप्रै  स्वदेशी तथा विदेशी पर्यटक घुम्न  अध्ययन गर्न र आराम गर्न आउने गर्थे । 

मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहारसमेत छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको मन्दिरका रुपमा यो मन्दिर परिचित छ । 

कृष्णको पूजा अनि आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वासका साथ हिन्दूलगायत शैव अनि बौद्ध धर्मावल्म्बी पाटन आउने गरेका सङ्घका महासचिव वीरेन्द्रलाल श्रेष्ठले बताए । उनले भने, “यस दिन हरेक वर्ष राष्ट्रप्रमुख दर्शनका लागि आउने गरिएकामा यस वर्ष भने बढ्दो महामारीलाई ध्यानमा राखी नआउने कुरो भएको छ ।” रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending