जाजरकोट । गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो । उनको छ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्को घर जोखिममा परेको छ । पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताए । अहिलेसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे ।
पहिराका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन् । गाउँ माथिबाट खसेको पहिराले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी सडक खन्नुले पहिराको जोखिम बढेको स्थानीयवासी भुवन केसीको भनाइ छ ।
कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिराको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ । नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिराको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराको जोखिम बढेको छ ।
जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: