कर्णाली । घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो ।
विकको शव केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार शुक्रबारदेखि हराएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृतावस्थामा भेटिएकी थिइन् । प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पु¥याएको छ ।
“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उनले भने, “घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै किशोरीमाथि बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का देखाएर आफ्नो क्षेत्रबाट प्रहरी प्रशासनको अनुसन्धानमा आवश्यक सहयोग पु¥याउने बताएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: