बैतडी । जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका हुन् ।
खास गरेर मुख्य खाद्यबालीका रुपमा रहेको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेका हुन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौधौ परेको किसानले बताएका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन सकस परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । पाक्नै लागेको मकैलाई जङ्गली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नु परेको छ ।
उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नु परेको छ, रातमा निद्रा छैन, दिनमा भोक छैन ।” मकैको घोगा लागेको बेलादेखि नै जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।
रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताउनुभयो । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको नाथको भनाइ छ । “रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ,” उनले भने, “आफूहरुले हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ ।,” यसका साथै थाल ठटाउने पनि गर्ने गरेका छन् । बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको स्थानीयवासी वीरेन्द्र धामीले बताए । बाँदरले मकैबालीसँगै आँप, अनारलगायत फलफूल पनि नष्ट पारेको छ । उनले भने, “बादँरको आतङ्क बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीय तहले पहल गरिदिनुपर्छ ।”
पाटन नगरपालिका–५का किसानको मकैबाली बँदेलले नष्ट गरिदिँदा किसान समस्यामा परेको स्थानीयवासी हिरा पाण्डेले बताउनुभएको छ । बँदेल धपाउन उनीहरु रातभर वर्षाको समयमा मकै बारीमा बस्न बाध्य भएका छन् । “बँदेलको डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
साँझबिहानको छाक टार्नका लागि लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानको भनाइ छ । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानहरुले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । स्थानीय सरकारहरुले किसानका समस्या समाधान गर्न नसकेको किसान वीरबहादुर टेरले बताए । जङ्गल नष्ट हुँदा खानेकुराको अभावमा जङ्गली जनावर खेतबारीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा १४ हजार नौ सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...
आषाढ़ ८ गते, २०८३ - ०९:२१
वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...
आषाढ़ ८ गते, २०८३ - ०९:१४
धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...



प्रतिकृया लेख्नुहोस्: