Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सडक नहुँदा सिन्धुपाल्चोकको किसान चिन्तित

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । उत्पादन भएको तरकारी  बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् ।  गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन तथा भएका कुखुरा बिक्री गर्न लैजान नसकिएको हेलम्बु गाउँपालिका–२ का राम ज्योतिले बताए ।

गाउँपालिकाबाट तालिम लिएर दैनिक २० देखि २५ किलो गोलभेँडा उत्पादन गर्दै आएका पाँचपोखरी–६ का झोक्की वाइबाले बाटो नभएका कारण उत्पादित तरकारी गाई तथा अन्य वस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा श्री थाङ्पालधाप साना किसान कृषि सहकारी संस्था र थाङ्पालधाप कृषि तथा पशुपक्षी फार्मको समन्वयमा सुरु गरिएको तरकारी खेतीको अनुगमनमा पुगेका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग किसानले गुनासो गरेका हुन् ।

दैनिकरूपमा २० देखि २५ किलो गोलभेँडा उत्पादन हुने गरेकाले फार्मका सञ्चालक वाइबाले तालिमपछि राम्रो आम्दानी हुन थालेको बताए । उनका अनुसार १३ वटा प्लाष्टिक घरमध्ये आठमा दुई महिनाअघिदेखि गोलभेँडा उत्पादन हुँदै आएको र बाँकी तीनमा एक महिनापछिसम्म उत्पादन लिन सकिने छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेल, कृषि शाखाका प्रमुख निमराज गिरी, कार्यपालिका सदस्यलगायतको टोली पुगेको थियो । 

किसानको गुनासोलाई सम्बोधन गर्दै अनुगमन टोलीले बजारीकरण आदि कार्यमा सहजीकरण गरिदिने बचन दिएको छ । सङ्कलन केन्द्र स्थापना र साप्ताहिक हाटबजार स्थापनासम्बन्धी छलफल भएको गिरीले जानकारी दिए। मेलम्ची, हेलम्बु र इन्द्रावतीका किसान पनि बजारसम्म जोड्ने सडक नहुँदा समस्यामा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending