Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सरकारले जनताको अपेक्षाबमोजिम काम गर्छ : सहमहामन्त्री महत

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताएका  छन् । 

ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ ।”

सहमहामन्त्री डा महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन उनले भने।

देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रूपमा रोजेका उनको तर्क थियो । 

त्यसैले पनि यो सरकारले जनताको चाहनाबमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने बताए ।

कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यसअघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उहाँले बताए । 

उनले ज्येष्ठ नागरिक देशका अनुभव र प्रेरणाका खानी भएकाले उहाँहरुको सुझाव र दिशानिर्देशानुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताए । ज्येष्ठ नागरिकको सम्मान गर्ने र उहाँहरुले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उनले बताए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहंकार र असन्तुष्टिको मूल्य : एमाले–कांग्रेसका पदाधिकारीको सिट नै धरापमा

एमालेलाई अहंकारले पछि पार्दा कांग्रेसलाई पनि धक्का

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ  । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकप...

धनकुटामा एमालेलाई पछि पर्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। सुरुआती चरणमा अग्रता बनाएको नेपाल कम्युनिष्ट पार्टी (ए...

झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै

ललितपुुर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द् साहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन्...

नेकपाका संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ । संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी भएका हुन् ।  संयोजक प्रचण्ड १० हज...

केपी ओली आफूसहित सबै सोत्तर, केही सिटको मात्रै आश

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेसँगै प्रमुख राजनीतिक दलका नेताहरूको प्रतिक्रिया सार्वजनिक हुन थालेको छ। यसैक्रममा नेकपा (एमाले)का ...

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम, गर्यो नयाँ विकास

चीन । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनिय...

इलाम २ मा एमालेका सुहाङलाई पछि पार्दै अघि बढे श्रम संस्कृतिका सुदीप

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ । एमाले उम्मेदवार सुहाङ...

अस्तित्व रक्षाका लागि मधेशमा संघर्ष गर्दै जसपा नेपाल

काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ क...

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE