Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कर्मचारीलाई संघर्षका कार्यक्रम स्थगित गर्न प्राधिकरणको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्दोलनरत प्राधिकरणभित्र क्रियाशील कर्मचारी ट्रेड युनियनलाई सङ्घर्षका कार्यक्रम स्थगित गर्न अनुरोध गरेको छ ।

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलनरत सम्पूर्ण क्रियाशील कर्मचारी युनियन, पेसागत सङ्घ÷सङ्गठन तथा आम कर्मचारी वर्गमा सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभाको सम्बन्धित समितिमा विधेयकहरुका सम्बन्धमा छलफल हुँदा युनियनलाई आम कर्मचारीको सरोकारका विषयमा आफ्नो धारणाहरु राख्ने अवसर प्राप्त हुने हुँदा हाल संसद्को अधिवेशन अन्त्य भएको समयमा तालाबन्दीलगायत विरोध कार्यक्रम गर्नु उपयुक्त नरहेको प्राधिकरणको भनाइ छ ।

कर्मचारी युनियनले यसलाई सकारात्मक रुपमा लिई आन्दोलन फिर्ता लिने वातावरण बनेको अवस्थामा समेत महानिर्देशकको सचिवालयमा तालाबन्दी गरी विरोधका कार्यक्रम जारी राखिएको भन्दै प्राधिकरणले यसबाट नागरिक उड्डयन क्षेत्रका वायु सेवा कम्पनी तथा अन्य सरोकारवालाको अत्यावश्यक काममा समेत बाधाअड्चन उत्पन्न भइरहेको जनाएको छ ।

प्राधिकरणलाई विभाजन गरी नागरिक उड्डयन क्षेत्रको नियमनकारी कार्य तथा सेवा प्रदायक कार्य (विमानस्थल सञ्चालन र एयर नेभिगेसन सेवा) लाई दुई छुट्टाछुट्टै संस्थाहरु क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण (नियामक निकाय) र नेपाल हवाई सेवा प्राधिकरण (सेवा प्रदायक निकाय) मार्फत सञ्चालन गर्ने गरी विसं २०७६ फागुन ११ गते सङ्घीय संसद्मा दुई विधेयक प्रस्तुत भएको थियो । 

उक्त दुवै विधेयक गत साउन १८ गते राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको छ । सोही विषयलाई लिएर प्राधिकरणमा क्रियाशील विभिन्न कर्मचारी युनियनहरुले गत साउन २५ देखि विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरुले महानिर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै महानिर्देशकको सचिवालयमा तालबन्दी गरी विरोधका विविध कार्यक्रम गरिरहेका छन् ।

प्राधिकरण विभाजनको विषय हठात आएको विषय नभई लामो समयदेखि सरकारको नीति तथा कार्यक्रममा पर्दै आएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ । प्राधिकरणमा भइरहेको पछिल्लो गतिविधिप्रति हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव, प्राधिकरणका महानिर्देशक, त्रि.अ. विमानका महाप्रबन्धक, विमानस्थल सुरक्षा प्रहरी प्रमुख तथा विरोध कार्यक्रम सञ्चालन गरिरहेका कर्मचारी युनियनका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

कर्मचारीले सरोकारवाला विषयमा प्रतिनिधिसभा अन्तर्गतको पर्यटन तथा नागरिक उड्डयनसँग सम्बन्धित समितिमा हुने छलफलमा सहभागी गराउन अनुरोध गर्ने सहमति भएबमोजिम महानिर्देशकले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र लेखी सोको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पर्यटन मन्त्रालयलाई दिई सबै कर्मचारीलाई जानकारी गराइएको र युनियनले पनि सो विषयलाई सकारात्मक लिएका थिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाम–२ : मतगणनामा रोचक टक्कर, सुहाङ र सुदिपबीच अग्रता बदलिँदो

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा प्रमुख प्रतिस्पर्धीबीच कडा टक्कर देखिएको छ। चुलाचुली...

अहंकार र असन्तुष्टिको मूल्य : एमाले–कांग्रेसका पदाधिकारीको सिट नै धरापमा

एमालेलाई अहंकारले पछि पार्दा कांग्रेसलाई पनि धक्का

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ  । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकप...

धनकुटामा एमालेलाई पछि पर्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। सुरुआती चरणमा अग्रता बनाएको नेपाल कम्युनिष्ट पार्टी (ए...

झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै

ललितपुुर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द् साहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन्...

नेकपाका संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ । संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी भएका हुन् ।  संयोजक प्रचण्ड १० हज...

केपी ओली आफूसहित सबै सोत्तर, केही सिटको मात्रै आश

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेसँगै प्रमुख राजनीतिक दलका नेताहरूको प्रतिक्रिया सार्वजनिक हुन थालेको छ। यसैक्रममा नेकपा (एमाले)का ...

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम, गर्यो नयाँ विकास

चीन । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनिय...

इलाम २ मा एमालेका सुहाङलाई पछि पार्दै अघि बढे श्रम संस्कृतिका सुदीप

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ । एमाले उम्मेदवार सुहाङ...

अस्तित्व रक्षाका लागि मधेशमा संघर्ष गर्दै जसपा नेपाल

काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ क...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE