Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

१२ वर्ष पुग्दा पनि मुख्य अभियुक्त फरार

खबरडबली संवाददाता

चितवन । भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् ।
 
सोही अभियोगमा पक्राउ परेका नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र काठमाडौँका सुब्बा तामाङ पक्राउ परेपनि मुख्य अभियुक्त पण्डित फरारनै छन् । नुवाकोट घर भएका पण्डित भारतमा लुकिछिपी बसेको प्रहरीले जनाउदै आएको श्रेष्ठ बताउँछन् ।
 
विसं २०६७ जेठ ४ गते राति १० बजे बिरामी उपचार गरेर घर फर्किने क्रममा भरतपुरको हाकिमचोकबाट श्रेष्ठलाई अपहरण गरिएको थियो । अपहरणको १९ दिनपछि तीन किलो ६०० ग्राम सुन भारतको कानपुरमा बुझाएपछि उहाँ अपहरणमुक्त भएका थिए । श्रेष्ठ भन्छन्, “अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ हुन नसक्दा त्रास बढेको छ ।” 

तत्कालीन समयमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक श्रेष्ठलाई सो अस्पतालको वार्षिक बजेट रु २८ करोड हाराहारी फिरौती रकम माग गरेकोमा पछि तीन किलो ६०० ग्राम सुन दिने सहमति भएको थियो ।

फरार रहेका पण्डित र पालिवाललाई जिल्ला अदालत चितवनले अपहरणमा फिरौतीबापत लिइएको रु एक करोड आठ लाख ५० हजार बिगो र बिगो बराबरको जरिवाना एवं १५ वर्ष कैद सजाय सुनाएको थियो । डा श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भीमसेन पण्डितलाई जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत १३ वर्ष कैद र सङ्गठित अपराध भएकोले थप दुई वर्षसहित १५ वर्ष कैद सजाय फैसला गरेको हो ।
 
त्यसैगरी नवीन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र योञ्जन तामाङलाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत ११ वर्ष कैद र सङ्गठित अपराध गरेकोले थप दुई वर्ष कैद गरी १३ वर्ष कैद सजायको फैसला भएको थियो । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाइ पाएका थिए । जरिवानासहित कैद सजाय तोकिएका छ जनाले जनही रु एक लाख जरिवाना पनि तिर्नुपर्ने फैसला जिल्ला अदालत चितवनले गरेको थियो । 
 
उच्च अदालत पाटनको हेटौँडा इजलासले २०७५ माघ २१ गते जिल्ला अदालतबाट सफाइ पाएका गौतम योञ्जनलाई नौ वर्ष जेल र ५० हजार जरिवानाको फैसला गरेको थियो । योञ्जन विसं २०७६ पुसमा पक्राउ परेका छन् । डा श्रेष्ठले पक्राउ परेका छुट्ने समय आइसक्दासमेत मुख्य अभियुक्त पक्राउ नपर्दा आफूलाई त्रास कायमै रहेको बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले पण्डित अझै पक्राउ पर्न नसकेको बताए । निजलाई रेड कर्नर नोटिस जारी गरेर खोजीकार्य भइरहेको उनको भनाइ छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

कालो सिसा राख्ने २१८ गाडी ट्राफिक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत राखिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिएको छ । अभि...

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending