Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

१२ वर्ष पुग्दा पनि मुख्य अभियुक्त फरार

खबरडबली संवाददाता

चितवन । भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् ।
 
सोही अभियोगमा पक्राउ परेका नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र काठमाडौँका सुब्बा तामाङ पक्राउ परेपनि मुख्य अभियुक्त पण्डित फरारनै छन् । नुवाकोट घर भएका पण्डित भारतमा लुकिछिपी बसेको प्रहरीले जनाउदै आएको श्रेष्ठ बताउँछन् ।
 
विसं २०६७ जेठ ४ गते राति १० बजे बिरामी उपचार गरेर घर फर्किने क्रममा भरतपुरको हाकिमचोकबाट श्रेष्ठलाई अपहरण गरिएको थियो । अपहरणको १९ दिनपछि तीन किलो ६०० ग्राम सुन भारतको कानपुरमा बुझाएपछि उहाँ अपहरणमुक्त भएका थिए । श्रेष्ठ भन्छन्, “अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ हुन नसक्दा त्रास बढेको छ ।” 

तत्कालीन समयमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक श्रेष्ठलाई सो अस्पतालको वार्षिक बजेट रु २८ करोड हाराहारी फिरौती रकम माग गरेकोमा पछि तीन किलो ६०० ग्राम सुन दिने सहमति भएको थियो ।

फरार रहेका पण्डित र पालिवाललाई जिल्ला अदालत चितवनले अपहरणमा फिरौतीबापत लिइएको रु एक करोड आठ लाख ५० हजार बिगो र बिगो बराबरको जरिवाना एवं १५ वर्ष कैद सजाय सुनाएको थियो । डा श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भीमसेन पण्डितलाई जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत १३ वर्ष कैद र सङ्गठित अपराध भएकोले थप दुई वर्षसहित १५ वर्ष कैद सजाय फैसला गरेको हो ।
 
त्यसैगरी नवीन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र योञ्जन तामाङलाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत ११ वर्ष कैद र सङ्गठित अपराध गरेकोले थप दुई वर्ष कैद गरी १३ वर्ष कैद सजायको फैसला भएको थियो । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाइ पाएका थिए । जरिवानासहित कैद सजाय तोकिएका छ जनाले जनही रु एक लाख जरिवाना पनि तिर्नुपर्ने फैसला जिल्ला अदालत चितवनले गरेको थियो । 
 
उच्च अदालत पाटनको हेटौँडा इजलासले २०७५ माघ २१ गते जिल्ला अदालतबाट सफाइ पाएका गौतम योञ्जनलाई नौ वर्ष जेल र ५० हजार जरिवानाको फैसला गरेको थियो । योञ्जन विसं २०७६ पुसमा पक्राउ परेका छन् । डा श्रेष्ठले पक्राउ परेका छुट्ने समय आइसक्दासमेत मुख्य अभियुक्त पक्राउ नपर्दा आफूलाई त्रास कायमै रहेको बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले पण्डित अझै पक्राउ पर्न नसकेको बताए । निजलाई रेड कर्नर नोटिस जारी गरेर खोजीकार्य भइरहेको उनको भनाइ छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending