Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

तुइन काटिएपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

रासस

दार्चुला । यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो ।

यहाँका नागरिक भारतीय बजारमा निर्भर छन् । भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो । खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकाका वडा नं २, ३, र ४ मा खाद्यान्न अभाव भएको हो । “गाउँको खेतले तीन महिनासमेत खान पुग्दैन्”, मालका स्थानीय कल्यानसिंह धामीले भने, “गाउँमा चामल पाउँदैन्, नेपालतिर खच्चड हिँड्नसमेत बाटो छैन्, सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण खाद्यान्न लिन सकिएको छैन, पहिरो गएको छ, ठाउँ ठाउँमा भत्किएको छ ।” 

खाद्यान्न नहुँदा अहिले स्थानीयवासीले दुई दिन लगाएर नेपालकै बाटो भएर खलङ्गा आउनुपरेको छ । खलङ्गाबाट दुई दिन लगाएर खाद्यान्न ढुवानी गर्नुपरको स्थानीयवासी नरेन्द्रसिंह धामीले बताए । “आफ्नै भूमि भएर जान निकै कठिन छ, तिङ्कर सडकमा गाडी चल्दैनन्, गाडी नै नभएपछि अहिले यहाँको जनजीवन कष्टकर बनेको छ”, उनले भने ।

व्यास– ३ का दीपक डडालले समयमै खाद्यान्न ढुवानी हुन नसके सङ्कटले भयावह रुप लिने बताए । केही ठाउँमा चामल भेटिए पनि व्यापारीले चर्को मूल्य लिने गरेको उनले बताए  । “यहाँका सबै वडामा खाद्यान्न अभाव हुँदैछ”, डडाल भन्नुहन्छ, “खाद्य डिपोमा चामल छैन् ।” 

मालका स्थानीयवासीले जयसिंह धामी बेपत्ता विषयमा सरकारले गठन गरेको छानबिन समितिलाई समेत गाउँमा खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । तुइन हुँदा दिनहुँ भारतीय बाटो हुँदै गाउँमा खाद्यान्न ढुवानी हुने गरेको थियो । यहाँका बासिन्दालाई नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर दैनिक छाक टार्न पनि धौधौ छ । 

“पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था छैन्”, दुम्लीङका बासिन्दा प्रभात बुढाथोकीले भने, “विगतमा समान सकिने वित्तिकै महाकाली पारी भारतका पसलमा गएर समान ल्याउँथ्यांै, गाउँमा खाद्यान्न नभएपछि गाउँलेको भेला बसी गाउँपालिका र सरकारसँग तत्काल हेलिकप्टरमार्फत भए पनि खाद्यान्न ढुवानी गर्न हामीले माग गरेका छौं ।”

गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले गाउँमा खाद्यान्न अभाव भएकाले ढुवानीका लागि सङ्घीय सरकारसँग माग गरिएको बताए । उनले व्यासको तिङ्कर र दुम्लीङमा खाद्य बिक्री केन्द्र स्थापना गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ज्ञापन बुझाइएको जानकारी दिए । नेपालतिरबाट तिङ्कर पुग्न बाटो नहुँदा गतवर्ष ५०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । अहिले तत्काल हेलिकप्टरको व्यवस्थापन गरेर भए पनि गाउँपालिकाका चार वडाका लागि खाद्यान्न ढुवानी गर्न माग गरिएको उनले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending