Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

अफगानिस्तानका आधा प्रान्त तालिबान लडाकूको नियन्त्रणमा

फाइल तस्बिर
खबरडबली संवाददाता

अफगानिस्तान । अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ । 

तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन । 

पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् । 

ती बाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सवै भाग तालिबान लडाकूको नियन्त्रणमा रहेका छन् ।

लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् । 

पछिल्लो समय अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् । 

एकपछि अर्काे सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ । कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो । 

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । 

उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन् । 

अफगानिस्तानका राहतकर्मीले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ । 

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसङ्घका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन् । (एएनआई)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्लोबल आइएमई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारो...

बजेट अभावमा योजना अलपत्र

बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थल...

माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाउन लगाउन आफूहरूले जानेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  जवनफ द...

मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीकाे हातमा

काठमाडौं। विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन । शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोज...

पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् सुदूर...

भेडाबारी सडकको काम धमाधम हुँदै

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । रुख कटानको काम सकिएसँगै सडक निर्मा...

गीतकार अबिनाश थापा मगरको ‘ठूली कान्छी’

काठमाडौं । गीतकार अबिनाश थापा मगरको शब्द रचना एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक भएको छ । ‘ठूली कान्छी’ गीतमा अबिनाश थापा स्वयम्को स्वर रहे...

मैथिली संगीतमा नयाँ रंग: काजल कर्ण र राजीव समरको रोमान्स

काठमाडाैं । त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ...

आज सुनको मुल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैै छ काररेबार ?

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शु...

पछि हट्न थाले पूर्वी लद्दाखमा भारत र चीनका सेना

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेनाले पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy