Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

‘भोट चल्छ बोली किन सुनिँदैन ?’

रासस

रुपन्देही । कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छिन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु । तेस्रोलिङ्गी भनेर समाजले गर्ने फरक व्यवहारले झन् पीडा थपेको छ’, उनको गुनासो थियो । 

परिवार र समाजले स्वीकार नगर्दाको पीडा उनलाई छँदैछ उनले भने, ‘कोरोनाले भोकभोकै मर्ने स्थिति आयो । हामीलाई देख्नेबित्तिकैै कार्यालयले काम पनि दिँदैनन् ।’

रुपन्देहीको देवदहकी सायरा गुरुङको पनि पीडा उस्तै छ । सानैमा बुवा गुमाएकी उहाँलाई आमाले मजदुरी गरेर हुर्काए । पढाइमा अब्बल उनले विद्यालयमा राम्रो व्यवहार नभएकै कारण कक्षा १२ पुगेपछि अध्ययनलाई निरन्तरता दिन सकेनन् । उनले भने, ‘कोरोनाले गर्दा घरको स्थिति नाजुक छ, आमाको कमाइले परिवारका तीन सदस्यको गुजारा चल्ने अवस्था छैन, तेस्रो लिङगी भएकै कारण मैले काम पाउँदिन ।’ साहारा  वृक्ष समूह र ओपन सोसाइटी फाउण्डेशनले उनलाई सहयोग गर्दै आएको छ । 

तिलोत्तमा नगरपालिकाका आशिका थापा पनि कोरोनाको मारले समस्यामा हुनुहुन्छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायको भएकै कारण शान्ति नमूना माविमा कक्षा ११ मा पढ्दै गर्दा बीचमै छाड्नुभएको उनले रोजगारी छैन । उनले भने, ‘मैले स्कूलमै पनि यौनहिंसा भोगे, समाजले मलाई तिरस्कार मात्रै गर्छ, आखिर म पनि यही देशको नागरिक हुँ भनेर कहिले स्वीकार गरिन्छ ?’

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । यौनिक तथा अल्पसङ्ख्यक समुदायको भएका कारण परिवार र समाजबाट अपहेलित भएका उनीहरुलाई कोरोनाले झनै समस्या थपिदिएको छ । कोरोना महामारीका समयमा स्थानीय तहले राहतका कार्यक्रम ल्याए पनि उनीहरुले भने केही पनि नपाएको गुनासो गरे । ‘प्रदेशका सबै स्थानीय तहले राहत वितरण गरे । हामीले पाएनौं । हामीलाई राहतमा पनि विभेद गरियो”, वृक्ष समूहका प्रदेश संयोजक रेशम न्यौपाने भने ।

सरकारले दिने राहतलगायत विभिन्न सुविधाका लागि परिचयपत्र वा नागरिकताको आवश्यकता हुन्छ । यो समुदायका धेरै नागरिक नागरिकताबाट बञ्चित छन् । सरकारले दिने सेवा सुविधाबाट समेत आफूहरु बञ्चित हुनुपरेको समूहका अध्यक्ष अवान्तिका घर्तीको गुनासो छ । ‘पछिल्लो समय सरकारले नागरिकता विधेयकमा ‘लिङ्ग परिवर्तन र चिकित्सकबाट प्रमाणित हुनुपर्ने’ भन्ने गलत प्रावधान राखेको छ । यसलाई हटाएर स्वघोषणाका आधारमा  नागरिकता दिने व्यवस्था गर्नुपर्छ’, उनले भने ।

ब्लुडाइमण्ड सोसाइटीका राष्ट्रिय दिशानिर्देश तथा परिचालन अधिकृत आनिक राना भने, ‘हामीले तिरेको कर चल्छ, भोट चल्छ तर हामीले भनेको किन चल्दैन ?’ अधिवक्ता इन्दिरा आचार्य कानुनमा उल्लेख भएर पनि कार्यान्वय नभएका विषयमा सबै मिलेर सम्बन्धित निकायलाई घच्घचाउनुपर्ने सुझाव दिन्छन्  ।  ‘समाजमा हुने अन्याय र विभेदका विरुद्ध कानूनी प्रक्रियाका आधारमा अघि बढ्नुपर्छ’, उनले भने। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending