तनहुँ । खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो ।
बुधबारदेखि सडक फराकिलो बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जीनियर नारायण पौडेलले जानकारी दिए । ‘पहिलो चरणमा सडक कटिङको काम हुन्छ, त्यसपछि पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गर्ने हो’, उनले भने ।
खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिने पौडेलले बताए । रु सात करोड ४५ लाख २१ हजार लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता गरिएको थियो । वर्षा र कोरोनाका कारण समयमै काम सुरु हुनसकेको थिएन । वि.सं. २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ ।
खैरेनीटार–भिमाद सडकका ठाउँठाउँमा कालोपत्र उप्किएर ठूलाठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी–७ स्याउलीबजार र म्याग्दे–५ थाङ्दीबाट भिमादको पुलसम्म सडकको दुरवस्था छ । कतिपय स्थानमा सडकको कालोपत्र देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्वारमा पनि सडकको हालत खराब छ ।
सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम पहिल्यैदेखि नै भए पनि अहिले ठूला–ठूला खाल्डा हुँदा झन् जोखिम बढेको स्थानीयवासी गणेश सुवेदीले बताए । ‘कालोपत्र गरिएको यो सडकखण्ड छिचोल्न सवारी चालक र यात्रुलाई सास्ती छ”, उहाँले भन्नुभयो, “ग्रामीण सडकमा बरु यति साह्रै सास्ती हुँदैन्थ्यो होला ।’
खाल्डाखुल्डीले बाटो छिचोल्न मुस्किल भएको जनाउँदै उनले वर्षेनी यो सडक भत्किने समस्या रहे पनि टालटुलबाहेक दीर्घकालीन उपाय नअपनाइएको गुनासो गर्नुभयो । ‘वर्षेनी यस्तै समस्या आइरहन्छ, यो सडकको विकल्प अरु सडक नभएकाले पनि गुणस्तरीय मर्मतमा ध्यान दिनुपर्छ’, उनले भने । सडकको दुरवस्थाले पानी पर्दा जलमग्न र घाम लाग्दाको बखत धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दालाई पनि आजित बनाएको छ ।
यस वर्ष उच्च वर्षा हँुदा झन् ठाउँठाउँमा पहिरो खसेर जोखिम बढेको छ । कतिपय स्थानमा सडक साँघुरो हुँदा दुईतर्फी सवारी आउजाउ गर्न नमिल्ने अवस्था छ । कालोपत्र सडक छिचोल्न मुस्किल हुँदा यो बाटो हुँदै दैनिक यात्रा गर्ने यात्रु हैरान छन् ।
जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । यस्तै नवलपुर, पाल्पा र स्याङ्जाका विभिन्न स्थानका सवारी तथा यात्रुसमेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: