काठमाडौँ । विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको छ ।
गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाइएको छ ।
यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । यसअघि उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पतलासमेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था छ ।
जारी सूचनामा कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेव साइट https://vaccine.mohp.gov.np मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न किनेछ । आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतःप्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ । यस विषयमा कुनै समस्या परेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा (मोवाइल ९८४३२८४३५२ मा)लाई सम्पर्क गर्न सकिने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: