Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एमालेलाई ध्वस्त पार्न देशी विदेशी शक्ति सक्रिय, ओली र माधव नेपाल मिल्नुको विकल्प छैन : सचिव गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विवाद समाधान कार्यदलले महिनौं लगाएर तयार गरेको १० बुँदे सहमितसंगै पार्टीभित्रको अन्र्तविरोध अन्त्य हुनेमा नेता तथा कार्यकर्ताले विश्वास लिएका थिए । तर, सोमबार बसेको एमाले ओली पक्षको केन्द्रीय किमिटी बैठकले अध्यक्ष बाहेक महाधिवशेनबाट निर्वाचित हुने सम्पूर्ण पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनित गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेपछि पार्टी एकता धरापमा परेको हो । 

सोही बैठकले ओलीको नेतृत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेलनको नेतृत्वमा संगठनात्मक प्रतिवेदन मम्यौदा समिति, उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति र रामबाहादुर थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि माधव समूह अब अलग बाटो लाग्ने निष्कर्षमा पुगेका छन् । वरिष्ठ नेता नेपालले देशभर समानान्तर कमिटी गठन गर्न आफु पक्षीय नेताहरुलाई निर्देशन दिइसकेका छन् । ओली कै कारण एकताको वातावरण विग्रिए पछि दुवै पक्षका कार्यदलका सदस्यहरु निराश भएका छन् । 

यसैविषयमा एमालेभित्रको आन्तरिक विवाद, पार्टीको भविष्यबारे खबरडबलीका सम्वाददाताले एमालेका सचिव एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग कुराकानी गरिएको सम्पादीत अंश :

पछिल्लो समय नेकपा एमालेभित्रको विवाद विभाजनतर्फ गएको जस्तो देखिन्छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ? 


हाम्रो पार्टीभित्र जुन खालको विवाद सिर्जना भयो यसले मुलुक र जनताका आशामाथि केही गम्भिर असर गरेको छ । दुई पक्षीय विवादले पार्टी दुर्घटनामा नपरोस भनेर हामी सक्रियसाथ गम्भिर भएर लागिरहेका थियौं । तर, पछिल्लो घटनाक्रमले पार्टी निकै संकटमा पुगेको छ । अहिलेको अवस्था लगभग पार्टी विभाजनको अवस्थामा रहेको छ । अझै पनि पार्टीभित्रको आन्तरिक एकता कायम राख्न शीर्ष दुई नेताबीच संवाद आवश्यक छ । 

कार्यदलले तयार गरेको १० बुँदे सहमतिको आधारमा दुई शीर्ष मिल्नुको विकल्प छैन । माधव पक्षको माग अनुसार हामी ०७५ जेठ २ लाई आधार मानि केन्द्रीय कमिटीको १० औं बैठक राखेर त्यसको ओनरसिप पनि लिइसक्यौं । त्यसलाई कार्यान्वयन गर्ने भनेर निर्णय पनि गरिसक्यौं । अब केही विधि, प्रकृया मिलाएर पार्टीका कामहरु अगाडि बढाउँन बाँकी छ । 

हाम्रा दुई शीर्ष नेताहरुले विगतका तिता यथार्थ विर्सिएर आम कार्यकर्ताको भावना बुझ्ने हो भने अझै केही विग्रिएको छैन् । सबैको योगदान, संघर्ष, त्याग र समर्पणबाट नै अहिलेको प्रतिफल प्राप्त गरेका हौं । यसमा कसैले पनि अहमता देखाउन आवश्यक छैन । पार्टीलाई एकताबद्ध बनाएर लैजान सबैले फेरी एक पटक त्याग गर्नु आवश्यक छ । 

पार्टी निर्माणका क्रममा लामो समय त्याग, समर्पण र संघर्ष गरेर आउनुभएका माधव पक्ष अध्यक्षले बोलाएको कुनै बैठकमा पनि सहभागी भएका छैनन् । यस्तो अवस्थामा आन्तरिक एकता कसरी सम्भव देख्नुहुन्छ ? 

उहाँहरु आउनुहुन्छ । बैठकमा आउने चहना व्यक्त गरिरहनुभएको छ । बीचमा विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन उहाँहरुले दिएको विश्वासको मतले मात्र परिस्थिति बिगारेको हो । माधव नेपालले जे गर्नुभयो, त्यसले पछिल्लो समय एकतामा डिस्टर्व पक्कै भएको हो । पार्टी अध्यक्षले पनि दम्भ र अहंकार देखाउने समय होइन ।

हामी इतिहासकै निकै कठिन घडिमा उभ्भिएका छौं । पार्टी एकतालाई बचाउन अध्यक्ष ओलीले त्याग गर्नै पर्छ । अब अध्यक्ष ओली बाहेक अन्यले पार्टीलाई फुटबाट जोगाउने अवस्था छैन । ओली एक कदम पछि नहट्ने हो भने एमाले ध्वस्त हुन्छ । मलाई आशा छ हजारौंको बलिदानले बनेको यो पार्टीलाई जोगाउन दुई शीर्ष नेताबीच सम्वाद र सहमति हुन्छ । 

पार्टीलाई एक बनाएर लैजाने जिम्मा अध्यक्षको हैसियतले केपी ओलीले बढी जिम्मेवार र अविभावकको भूमिका निर्वाह गर्नु पर्नेमा आफ्नै वरिष्ठ नेतालाई जथाभावी गालि गरेर एकता सम्भव हुन्छ ? 

पार्टी अध्यक्षको कारणले विवाद सिर्जना भएको होइन । पार्टी एकता रोकिएको पनि ओलीको कारणले मात्र होइन । माधव नेपालले साउन ३ गते संसदमा विपक्षीको सरकारलाई जुन हिसाबले विश्वासको मत दिए, त्यो क्षमा गर्न लायककै छैन । उहाँले संसदीय इतिहासमै घिनलाग्दो खेल खेले, त्यसले एकतामा अवरोध आएको हो । पार्टी एकतालाई यसैले समस्या ल्याएको हो । उहाँले त्यो लेबलको गल्ति गरे पनि पार्टी निर्माणमा माधव नेपालको कुनै भूमिका नै नभएको जस्तो व्यवहार गर्नु अध्यक्षको गल्ति हो । यो पार्टी निर्माणमा सबैको योगदान छ । पार्टीलाई जोगानउ भएपनि अध्यक्ष ओलीले एक कदम पछाडि हट्नु पर्ने हुन्छ । दुई शीर्ष नेताको अहंकारले एमाले नै विघटन हुने अवस्था आउन सक्छ । यो निकै गम्भिर विषय हो । 

कार्यदलले मेहनत गरेर बनाएको १० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजानु पर्नेमा पार्टी अध्यक्षले नै लामो समय पार्टीकै नेतृत्वमा रहेका र देशको प्रधानमन्त्री भइसकेका व्यक्तिलाई निम्नस्तरबाट अपशब्द बोल्न मिल्छ ? 

पार्टीका लागि माधव नेपालले गद्दारी गरेको होइन ? आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर विपक्षीलाई भोट हालेपछि गद्दार नभनेर के भन्ने त ? त्यस्तो काम गर्न मिल्छ ? विधि, प्रकृया, विधान र सिद्धान्तले मिल्ने कुरा हो ? आफु अराजक भएर हिड्ने अनि अरुले यसो गर्यो भन्न मिल्दैन । अराजक गतिविधिलाई हेरेर अध्यक्षले जवाफ दिएको हो । मेरो विचारमा अध्यक्षले संयमता अपनाउनु पथ्र्यो । त्यसरी प्रतिक्रिया नदिएको हुन्थ्यो भन्ने मेरो भनाइ हो । समकालिन नेताहरुको व्यक्तित्वमाथि नै प्रहार गर्ने अवस्था सिर्जना भयो त्यो विलकुल वेठीक हो ।  

दशकौं वर्ष संघर्षपूर्ण सहयात्रा गरेर आएका सहयात्रीबीच एकले अर्कालाई अविश्वस गर्नु पर्ने अवस्था किन सिर्जना भयो ? भागबण्डा नमिलेको हो कि विधि, प्रकृया नमिलेको हो ? 
 

भागबण्डा नमिलेको होइन सबै मिलेको छ । पार्टीभित्र त्यत्रो ठुलो झगडा भएको छ, रातारात मिल्छ त ?

त्यसोभए यो सब नाटक मञ्चन किन त ? 

पार्टीभित्र माधव नेपालले समस्या सिर्जना गर्नुभएको छ । पावर शेयरिङ गर्नुपर्छ भन्नेलाई पनि मुखमा बुझो लाइदिएको छ । पावर शेयरिङमा पनि अध्यक्ष जान तयारै हुनुहुन्छ । यो सबै साउन तीन गतेको विश्वासको मतले विग्रिएको हो । त्यसकै झोकमा अध्यक्षले बालकोट लगायत सार्वजनिक ठाउँमा  कुर्लिनु भयो । उहाँले त्यसो गर्नु हुँदैनन्थ्यो । 

पार्टीभित्र कै विवादका कारण तपाईंको  नेतृत्वको सरकार पनि अप्रत्यासितरुपमा ढल्न पुग्यो यसलाई कसरी लिनु भएको छ ? 

सबै भताभुङ्ग भयो । यो गर्नै नहुने काम भयो । पार्टीभित्रको अन्तर्विरोध पार्टीभित्रै सीमित हुनुपथ्र्यो । भित्रको विवाद सडकमा लगेर छताछुल्ल बनाउने अनि पार्टीको अन्तर्विरोध भन्न मिल्छ ? पार्टीभित्र अनुशासनहिनता, अराजकता जो सिर्जना भयो, त्यो भित्रै छलफल गरेर हल गर्नु पथ्र्यो । बाहिर ल्याउन मिल्दैनथ्यो । तर, हाम्रोमा त्यसो हुन सकेन । भद्दा ढंगले सडकमा प्रकट भयो । अब जे हुनु भइसक्यो । कार्यदलले दिएको सहमतिको आधारमा शीर्ष नेता मिल्नुको अन्य विकल्प छैन । 

एकातिर वार्ता, सहमति र एकताका कुरा गर्ने अर्कोतिर पार्टी बैठक राखेर एकलौटी निर्णय गर्ने यो कस्तो चरित्र हो ?

माधव पक्षलाई कुने जानकारी निदिइ एकलौटी निर्णय गर्यो भन्नु त्यति तर्कसंगत छैन । एमाले जस्तो अहिले भद्रगोल अवस्थामा छ । देश विषम परिस्थितिमा छ । एक पछि अर्को गर्दै एमाले नेतृत्वको सरकार ढल्दै गएको छ । पार्टी पुरानै विधान अनुसार चलिरहेको छ । झण्डै साढे तीन वर्ष पार्टी एकताको नाममा पार्टीले कुनै गति लिन सकेन । विवादको नाममा पार्टीलाई दिशाहिन र गतिहिन बनाउन त भएन नि । अध्यक्षले पार्टीकाममा फर्किन साथीहरुलाई बारम्बार आग्रह गरिरहेका छन् । उहाँहरु आउनुहुन्छ भनेर ठाउँ राखिएको छ । मैले भनिहाले नि दुई शीर्ष नेताबीच छलफल र सहमति भए समस्या साधान भइहाल्छ नि । 

तपाईंको विचारमा पार्टी एक हुन्छ वा औपचारिकरुपमा फुट्छ ? 

मलाई आशा छ अन्तिम अवस्थामा उहाँहरु मिल्नु हुन्छ । यो मेरो मात्र होइन आम कार्यकर्ताका माग हो । चाहना हो । विधि, प्रकृयाको कुरा अलिकति नमिलेको हो । त्यो मिल्ने विक्तिकै सबै कुराको हल हुन्छ । यसमा अध्यक्ष ओली केही लचिलो हुनुपर्छ । पाटीलार्ई अवसान हुनबाट जोगाउन दुई शीर्ष नेता मिल्नुको विकल्प छैन । 

एकतले अर्कालाई दोष दिएर पानीमाथिको ओभानो बन्न त मिल्दैन होला नि ? पार्टीभित्र विग्रह आउनुमा अध्यक्षको गल्ति छैन ? 

हो, पार्टी अध्यक्षको हिसाबले उहाँको पनि केही गल्ति पक्कै छन् । तर, त्यो भन्दा ठुलो गल्ति माधव नेपालले गरिरहनु भएको छ । पार्टी नेताको विरुद्धमा विरोधीहरुसंग मिलेर विधि, प्रकृया, विधान, सिद्धान्त र पार्टीलाई नै भताभुङ्ग बनाउन मिल्छ ? 

उहाँहरुले पार्टी नेतृत्व प्रतिगामी, निरङ्कुश भएकोले लोकतन्त्र, संविधान र मुलुकलाई बचाउन  आफ्नो कदम ठीक रहेको दावी गरीरहनुभएको छ । कसरी गलत भयो ? 

दुई तिहाइको वामपन्थीको सरकार हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु प्रगतिशिल हुन्छ ? अग्रगामी हुन्छ ? प्रतिगमन त उहाँहरुले गरिरहनुभएको छ । 
दुई तिहाइ मतबाट जननिर्वाचित सरकारले संविधान विपरित दुईदुई पट संसद विघटन गर्न मिल्छ ? 
प्रतिनिधिसभा पुर्नस्थापना भएर के भएको छ त ? जनताले सुख पाएका छन् ? प्रतिनिधिसभा पुर्नस्थापना नै समस्याको समाधान त होइन रहेछ । सरकार गठन भएको एक महिना पुग्दा समेत अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सांसद खरिद विक्री भइरहेको छ । अर्काको पार्टीको सांसद चोरेर सरकार गठन गर्ने जस्ता घिनलाग्दा र प्रतिगामी कदम रोकिएको छैन । यस्ता लोकतन्त्र विरोधी अपवित्र गठबन्धन बनाएर जग हसाउनु भन्दा समस्याको समाधन भनेकै चुनाव हो । ताजा जनादेशका लागि जनतामा जानु नराम्रो काम हो ? 

संविधानले नदिएको अधिकार प्रयोग गरेर जनादेशको नाममा संविधान मिच्न पाइन्छ ? कार्यकारीले संविधान मान्नु पर्दैन ? 

जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक प्रकृया हो । जुन संसदबाट समस्याको समाधान हुदैन, त्यस्तो संसद राखेर कुनै अर्थै छैन । संविधानमा भएको व्यवस्था बमोजिम नै प्रतिनिधिसभा विघटन भएको हो । सर्वोच्चको फैसला नै त्रुटिपूर्ण छ । अदालतले नै सबै काम गर्ने भए चुनाव किन गर्नु पर्यो ? 

पार्टीभित्र तपाईं पनि एक जिम्मेवार नेता हुनुहुन्छ । पार्टीलाई पुर्नताजकि बनाएर गुमेको शाख फिर्ता गर्न कसले के के त्याग गर्नु पर्छ ? 

के गर्ने भन्ने कुरा १० बुँदेले भनिसकेको छ । १० बुँदेलाई कार्यान्वन गरेर अघि बढ्नु बाहेका अन्य विकल्प छैन । 

पार्टीभित्र दुवै पक्षलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

त्यो त दुवै पक्ष इमान्दार भएर टेवल टक गरेपछि भइहाल्छ नि । कसले के त्याग गर्नुपर्ने हो त्यो पार्टीभित्र छलफल गरेरै हुने कुरा हो । बाहिर हल्ला गरेर हुँदैन । चित्त नबुझेको कुरा पार्टी कमिटीमा आएर छलफल गर्नुपर्छ । 

त्यसका लागि पार्टीले पछिल्लो समय गरेको निर्णय खारेज गरी माधव समूहलाई पावर शेयरीङ गर्न तयार हुनुहुन्छ  ? 

त्यो सम्भव छैन । हुनै सक्दैन । यसरी सर्तमाथि सर्त राख्नुभन्दा उहाँहरु के चाहेको हो छलफलमा आउनु पर्यो । वार्तामा बस्नु पर्यो । कुन कुन विषयमा कति लचिलो हुने र उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पहिले दुई शीर्ष नेताबीच सहमति हुन जरुरी छ । शीर्ष नेताबीच सहमति भयो भने हामीलाई कुनै आपत्ति छैन । त्यसका लागि बाहिर भागेर होइन बैठकमा भाग लिएर आफ्ना समस्या राख्न सकिन्छ । 

पार्टी जोगिन्छ भने माधव नेपाललाई अध्यक्ष दिदा के फरक पर्ने हो र ? 

हैन, पार्टी केका लागि जोड्ने ? पार्टी विधि, प्रकृया र उर्जाका लागि जोड्ने होला नि ? विधि, प्रकृया, सिद्धान्त मिचेर पार्टी एकताको के अर्थ हुन्छ ? 

पार्टीभित्र विग्रह आउनुमा शीर्ष नेताहरुको मात्र दोष हो कि बाहिरी शक्तिको पनि हात रहेको  छ ? 

यस विषयमा पार्टीले निष्कर्ष निकालिसकेको छैन । खासमा एमाले र माओवादी केन्द्रवीच चुनावी गठबन्धन र एकता भयो, त्यसबेलादेखिनै देशी विदेशी शक्तिहरुले चहलखेल गरेका छन् ।  उनीहरु एकतालाई कमजोर र फुटाउन चाहन्थे । र, त्यसमा पार्टीभित्र हामीले व्यवस्थापन गर्न  सकेनौं । त्यसकै फाइदा देशी विदेशीले उठाए । पार्टी विभाजित भयो । यो मुलुक र जनताको लागि दुर्भाग्य हो । 

अन्त्यमा, अनेकौं टुटफुट र विभाजनबाट पिल्सिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउन तपाईं के सूझाव दिन चाहनुहुन्छ ? 

सबैभन्दा पहिला एमालेको एकता मजबुद हुन जरुरी रहेको छ । त्यसकालागि दुवै पक्षले आ–आफ्ना कमीकमजोरीबारे गम्भिर आत्म समिक्षा गर्नु पर्छ । पार्टी एकता आजको अनिवार्य आवश्यकता हो भन्ने कुरा सबैले महशुस गर्नु पर्छ । मुलुक र नेपाली जनताको भविष्यका लागि स–साना कुरालाई छोडेर नेकपा एमाले एकतावद्ध हुनु जरुरी छ । त्यसपछि एमाले कै नेतृत्वमा वामपन्थीहरु एकजुट हुनु पर्छ । त्यो अभियानमा हामी छौं । र, लागिरहन्छौं । त्यो प्रेरणा हामी सबैलाई मिलोस् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: