Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एमालेलाई ध्वस्त पार्न देशी विदेशी शक्ति सक्रिय, ओली र माधव नेपाल मिल्नुको विकल्प छैन : सचिव गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विवाद समाधान कार्यदलले महिनौं लगाएर तयार गरेको १० बुँदे सहमितसंगै पार्टीभित्रको अन्र्तविरोध अन्त्य हुनेमा नेता तथा कार्यकर्ताले विश्वास लिएका थिए । तर, सोमबार बसेको एमाले ओली पक्षको केन्द्रीय किमिटी बैठकले अध्यक्ष बाहेक महाधिवशेनबाट निर्वाचित हुने सम्पूर्ण पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनित गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेपछि पार्टी एकता धरापमा परेको हो । 

सोही बैठकले ओलीको नेतृत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेलनको नेतृत्वमा संगठनात्मक प्रतिवेदन मम्यौदा समिति, उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति र रामबाहादुर थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि माधव समूह अब अलग बाटो लाग्ने निष्कर्षमा पुगेका छन् । वरिष्ठ नेता नेपालले देशभर समानान्तर कमिटी गठन गर्न आफु पक्षीय नेताहरुलाई निर्देशन दिइसकेका छन् । ओली कै कारण एकताको वातावरण विग्रिए पछि दुवै पक्षका कार्यदलका सदस्यहरु निराश भएका छन् । 

यसैविषयमा एमालेभित्रको आन्तरिक विवाद, पार्टीको भविष्यबारे खबरडबलीका सम्वाददाताले एमालेका सचिव एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग कुराकानी गरिएको सम्पादीत अंश :

पछिल्लो समय नेकपा एमालेभित्रको विवाद विभाजनतर्फ गएको जस्तो देखिन्छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ? 


हाम्रो पार्टीभित्र जुन खालको विवाद सिर्जना भयो यसले मुलुक र जनताका आशामाथि केही गम्भिर असर गरेको छ । दुई पक्षीय विवादले पार्टी दुर्घटनामा नपरोस भनेर हामी सक्रियसाथ गम्भिर भएर लागिरहेका थियौं । तर, पछिल्लो घटनाक्रमले पार्टी निकै संकटमा पुगेको छ । अहिलेको अवस्था लगभग पार्टी विभाजनको अवस्थामा रहेको छ । अझै पनि पार्टीभित्रको आन्तरिक एकता कायम राख्न शीर्ष दुई नेताबीच संवाद आवश्यक छ । 

कार्यदलले तयार गरेको १० बुँदे सहमतिको आधारमा दुई शीर्ष मिल्नुको विकल्प छैन । माधव पक्षको माग अनुसार हामी ०७५ जेठ २ लाई आधार मानि केन्द्रीय कमिटीको १० औं बैठक राखेर त्यसको ओनरसिप पनि लिइसक्यौं । त्यसलाई कार्यान्वयन गर्ने भनेर निर्णय पनि गरिसक्यौं । अब केही विधि, प्रकृया मिलाएर पार्टीका कामहरु अगाडि बढाउँन बाँकी छ । 

हाम्रा दुई शीर्ष नेताहरुले विगतका तिता यथार्थ विर्सिएर आम कार्यकर्ताको भावना बुझ्ने हो भने अझै केही विग्रिएको छैन् । सबैको योगदान, संघर्ष, त्याग र समर्पणबाट नै अहिलेको प्रतिफल प्राप्त गरेका हौं । यसमा कसैले पनि अहमता देखाउन आवश्यक छैन । पार्टीलाई एकताबद्ध बनाएर लैजान सबैले फेरी एक पटक त्याग गर्नु आवश्यक छ । 

पार्टी निर्माणका क्रममा लामो समय त्याग, समर्पण र संघर्ष गरेर आउनुभएका माधव पक्ष अध्यक्षले बोलाएको कुनै बैठकमा पनि सहभागी भएका छैनन् । यस्तो अवस्थामा आन्तरिक एकता कसरी सम्भव देख्नुहुन्छ ? 

उहाँहरु आउनुहुन्छ । बैठकमा आउने चहना व्यक्त गरिरहनुभएको छ । बीचमा विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन उहाँहरुले दिएको विश्वासको मतले मात्र परिस्थिति बिगारेको हो । माधव नेपालले जे गर्नुभयो, त्यसले पछिल्लो समय एकतामा डिस्टर्व पक्कै भएको हो । पार्टी अध्यक्षले पनि दम्भ र अहंकार देखाउने समय होइन ।

हामी इतिहासकै निकै कठिन घडिमा उभ्भिएका छौं । पार्टी एकतालाई बचाउन अध्यक्ष ओलीले त्याग गर्नै पर्छ । अब अध्यक्ष ओली बाहेक अन्यले पार्टीलाई फुटबाट जोगाउने अवस्था छैन । ओली एक कदम पछि नहट्ने हो भने एमाले ध्वस्त हुन्छ । मलाई आशा छ हजारौंको बलिदानले बनेको यो पार्टीलाई जोगाउन दुई शीर्ष नेताबीच सम्वाद र सहमति हुन्छ । 

पार्टीलाई एक बनाएर लैजाने जिम्मा अध्यक्षको हैसियतले केपी ओलीले बढी जिम्मेवार र अविभावकको भूमिका निर्वाह गर्नु पर्नेमा आफ्नै वरिष्ठ नेतालाई जथाभावी गालि गरेर एकता सम्भव हुन्छ ? 

पार्टी अध्यक्षको कारणले विवाद सिर्जना भएको होइन । पार्टी एकता रोकिएको पनि ओलीको कारणले मात्र होइन । माधव नेपालले साउन ३ गते संसदमा विपक्षीको सरकारलाई जुन हिसाबले विश्वासको मत दिए, त्यो क्षमा गर्न लायककै छैन । उहाँले संसदीय इतिहासमै घिनलाग्दो खेल खेले, त्यसले एकतामा अवरोध आएको हो । पार्टी एकतालाई यसैले समस्या ल्याएको हो । उहाँले त्यो लेबलको गल्ति गरे पनि पार्टी निर्माणमा माधव नेपालको कुनै भूमिका नै नभएको जस्तो व्यवहार गर्नु अध्यक्षको गल्ति हो । यो पार्टी निर्माणमा सबैको योगदान छ । पार्टीलाई जोगानउ भएपनि अध्यक्ष ओलीले एक कदम पछाडि हट्नु पर्ने हुन्छ । दुई शीर्ष नेताको अहंकारले एमाले नै विघटन हुने अवस्था आउन सक्छ । यो निकै गम्भिर विषय हो । 

कार्यदलले मेहनत गरेर बनाएको १० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजानु पर्नेमा पार्टी अध्यक्षले नै लामो समय पार्टीकै नेतृत्वमा रहेका र देशको प्रधानमन्त्री भइसकेका व्यक्तिलाई निम्नस्तरबाट अपशब्द बोल्न मिल्छ ? 

पार्टीका लागि माधव नेपालले गद्दारी गरेको होइन ? आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर विपक्षीलाई भोट हालेपछि गद्दार नभनेर के भन्ने त ? त्यस्तो काम गर्न मिल्छ ? विधि, प्रकृया, विधान र सिद्धान्तले मिल्ने कुरा हो ? आफु अराजक भएर हिड्ने अनि अरुले यसो गर्यो भन्न मिल्दैन । अराजक गतिविधिलाई हेरेर अध्यक्षले जवाफ दिएको हो । मेरो विचारमा अध्यक्षले संयमता अपनाउनु पथ्र्यो । त्यसरी प्रतिक्रिया नदिएको हुन्थ्यो भन्ने मेरो भनाइ हो । समकालिन नेताहरुको व्यक्तित्वमाथि नै प्रहार गर्ने अवस्था सिर्जना भयो त्यो विलकुल वेठीक हो ।  

दशकौं वर्ष संघर्षपूर्ण सहयात्रा गरेर आएका सहयात्रीबीच एकले अर्कालाई अविश्वस गर्नु पर्ने अवस्था किन सिर्जना भयो ? भागबण्डा नमिलेको हो कि विधि, प्रकृया नमिलेको हो ? 
 

भागबण्डा नमिलेको होइन सबै मिलेको छ । पार्टीभित्र त्यत्रो ठुलो झगडा भएको छ, रातारात मिल्छ त ?

त्यसोभए यो सब नाटक मञ्चन किन त ? 

पार्टीभित्र माधव नेपालले समस्या सिर्जना गर्नुभएको छ । पावर शेयरिङ गर्नुपर्छ भन्नेलाई पनि मुखमा बुझो लाइदिएको छ । पावर शेयरिङमा पनि अध्यक्ष जान तयारै हुनुहुन्छ । यो सबै साउन तीन गतेको विश्वासको मतले विग्रिएको हो । त्यसकै झोकमा अध्यक्षले बालकोट लगायत सार्वजनिक ठाउँमा  कुर्लिनु भयो । उहाँले त्यसो गर्नु हुँदैनन्थ्यो । 

पार्टीभित्र कै विवादका कारण तपाईंको  नेतृत्वको सरकार पनि अप्रत्यासितरुपमा ढल्न पुग्यो यसलाई कसरी लिनु भएको छ ? 

सबै भताभुङ्ग भयो । यो गर्नै नहुने काम भयो । पार्टीभित्रको अन्तर्विरोध पार्टीभित्रै सीमित हुनुपथ्र्यो । भित्रको विवाद सडकमा लगेर छताछुल्ल बनाउने अनि पार्टीको अन्तर्विरोध भन्न मिल्छ ? पार्टीभित्र अनुशासनहिनता, अराजकता जो सिर्जना भयो, त्यो भित्रै छलफल गरेर हल गर्नु पथ्र्यो । बाहिर ल्याउन मिल्दैनथ्यो । तर, हाम्रोमा त्यसो हुन सकेन । भद्दा ढंगले सडकमा प्रकट भयो । अब जे हुनु भइसक्यो । कार्यदलले दिएको सहमतिको आधारमा शीर्ष नेता मिल्नुको अन्य विकल्प छैन । 

एकातिर वार्ता, सहमति र एकताका कुरा गर्ने अर्कोतिर पार्टी बैठक राखेर एकलौटी निर्णय गर्ने यो कस्तो चरित्र हो ?

माधव पक्षलाई कुने जानकारी निदिइ एकलौटी निर्णय गर्यो भन्नु त्यति तर्कसंगत छैन । एमाले जस्तो अहिले भद्रगोल अवस्थामा छ । देश विषम परिस्थितिमा छ । एक पछि अर्को गर्दै एमाले नेतृत्वको सरकार ढल्दै गएको छ । पार्टी पुरानै विधान अनुसार चलिरहेको छ । झण्डै साढे तीन वर्ष पार्टी एकताको नाममा पार्टीले कुनै गति लिन सकेन । विवादको नाममा पार्टीलाई दिशाहिन र गतिहिन बनाउन त भएन नि । अध्यक्षले पार्टीकाममा फर्किन साथीहरुलाई बारम्बार आग्रह गरिरहेका छन् । उहाँहरु आउनुहुन्छ भनेर ठाउँ राखिएको छ । मैले भनिहाले नि दुई शीर्ष नेताबीच छलफल र सहमति भए समस्या साधान भइहाल्छ नि । 

तपाईंको विचारमा पार्टी एक हुन्छ वा औपचारिकरुपमा फुट्छ ? 

मलाई आशा छ अन्तिम अवस्थामा उहाँहरु मिल्नु हुन्छ । यो मेरो मात्र होइन आम कार्यकर्ताका माग हो । चाहना हो । विधि, प्रकृयाको कुरा अलिकति नमिलेको हो । त्यो मिल्ने विक्तिकै सबै कुराको हल हुन्छ । यसमा अध्यक्ष ओली केही लचिलो हुनुपर्छ । पाटीलार्ई अवसान हुनबाट जोगाउन दुई शीर्ष नेता मिल्नुको विकल्प छैन । 

एकतले अर्कालाई दोष दिएर पानीमाथिको ओभानो बन्न त मिल्दैन होला नि ? पार्टीभित्र विग्रह आउनुमा अध्यक्षको गल्ति छैन ? 

हो, पार्टी अध्यक्षको हिसाबले उहाँको पनि केही गल्ति पक्कै छन् । तर, त्यो भन्दा ठुलो गल्ति माधव नेपालले गरिरहनु भएको छ । पार्टी नेताको विरुद्धमा विरोधीहरुसंग मिलेर विधि, प्रकृया, विधान, सिद्धान्त र पार्टीलाई नै भताभुङ्ग बनाउन मिल्छ ? 

उहाँहरुले पार्टी नेतृत्व प्रतिगामी, निरङ्कुश भएकोले लोकतन्त्र, संविधान र मुलुकलाई बचाउन  आफ्नो कदम ठीक रहेको दावी गरीरहनुभएको छ । कसरी गलत भयो ? 

दुई तिहाइको वामपन्थीको सरकार हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु प्रगतिशिल हुन्छ ? अग्रगामी हुन्छ ? प्रतिगमन त उहाँहरुले गरिरहनुभएको छ । 
दुई तिहाइ मतबाट जननिर्वाचित सरकारले संविधान विपरित दुईदुई पट संसद विघटन गर्न मिल्छ ? 
प्रतिनिधिसभा पुर्नस्थापना भएर के भएको छ त ? जनताले सुख पाएका छन् ? प्रतिनिधिसभा पुर्नस्थापना नै समस्याको समाधान त होइन रहेछ । सरकार गठन भएको एक महिना पुग्दा समेत अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सांसद खरिद विक्री भइरहेको छ । अर्काको पार्टीको सांसद चोरेर सरकार गठन गर्ने जस्ता घिनलाग्दा र प्रतिगामी कदम रोकिएको छैन । यस्ता लोकतन्त्र विरोधी अपवित्र गठबन्धन बनाएर जग हसाउनु भन्दा समस्याको समाधन भनेकै चुनाव हो । ताजा जनादेशका लागि जनतामा जानु नराम्रो काम हो ? 

संविधानले नदिएको अधिकार प्रयोग गरेर जनादेशको नाममा संविधान मिच्न पाइन्छ ? कार्यकारीले संविधान मान्नु पर्दैन ? 

जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक प्रकृया हो । जुन संसदबाट समस्याको समाधान हुदैन, त्यस्तो संसद राखेर कुनै अर्थै छैन । संविधानमा भएको व्यवस्था बमोजिम नै प्रतिनिधिसभा विघटन भएको हो । सर्वोच्चको फैसला नै त्रुटिपूर्ण छ । अदालतले नै सबै काम गर्ने भए चुनाव किन गर्नु पर्यो ? 

पार्टीभित्र तपाईं पनि एक जिम्मेवार नेता हुनुहुन्छ । पार्टीलाई पुर्नताजकि बनाएर गुमेको शाख फिर्ता गर्न कसले के के त्याग गर्नु पर्छ ? 

के गर्ने भन्ने कुरा १० बुँदेले भनिसकेको छ । १० बुँदेलाई कार्यान्वन गरेर अघि बढ्नु बाहेका अन्य विकल्प छैन । 

पार्टीभित्र दुवै पक्षलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

त्यो त दुवै पक्ष इमान्दार भएर टेवल टक गरेपछि भइहाल्छ नि । कसले के त्याग गर्नुपर्ने हो त्यो पार्टीभित्र छलफल गरेरै हुने कुरा हो । बाहिर हल्ला गरेर हुँदैन । चित्त नबुझेको कुरा पार्टी कमिटीमा आएर छलफल गर्नुपर्छ । 

त्यसका लागि पार्टीले पछिल्लो समय गरेको निर्णय खारेज गरी माधव समूहलाई पावर शेयरीङ गर्न तयार हुनुहुन्छ  ? 

त्यो सम्भव छैन । हुनै सक्दैन । यसरी सर्तमाथि सर्त राख्नुभन्दा उहाँहरु के चाहेको हो छलफलमा आउनु पर्यो । वार्तामा बस्नु पर्यो । कुन कुन विषयमा कति लचिलो हुने र उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पहिले दुई शीर्ष नेताबीच सहमति हुन जरुरी छ । शीर्ष नेताबीच सहमति भयो भने हामीलाई कुनै आपत्ति छैन । त्यसका लागि बाहिर भागेर होइन बैठकमा भाग लिएर आफ्ना समस्या राख्न सकिन्छ । 

पार्टी जोगिन्छ भने माधव नेपाललाई अध्यक्ष दिदा के फरक पर्ने हो र ? 

हैन, पार्टी केका लागि जोड्ने ? पार्टी विधि, प्रकृया र उर्जाका लागि जोड्ने होला नि ? विधि, प्रकृया, सिद्धान्त मिचेर पार्टी एकताको के अर्थ हुन्छ ? 

पार्टीभित्र विग्रह आउनुमा शीर्ष नेताहरुको मात्र दोष हो कि बाहिरी शक्तिको पनि हात रहेको  छ ? 

यस विषयमा पार्टीले निष्कर्ष निकालिसकेको छैन । खासमा एमाले र माओवादी केन्द्रवीच चुनावी गठबन्धन र एकता भयो, त्यसबेलादेखिनै देशी विदेशी शक्तिहरुले चहलखेल गरेका छन् ।  उनीहरु एकतालाई कमजोर र फुटाउन चाहन्थे । र, त्यसमा पार्टीभित्र हामीले व्यवस्थापन गर्न  सकेनौं । त्यसकै फाइदा देशी विदेशीले उठाए । पार्टी विभाजित भयो । यो मुलुक र जनताको लागि दुर्भाग्य हो । 

अन्त्यमा, अनेकौं टुटफुट र विभाजनबाट पिल्सिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउन तपाईं के सूझाव दिन चाहनुहुन्छ ? 

सबैभन्दा पहिला एमालेको एकता मजबुद हुन जरुरी रहेको छ । त्यसकालागि दुवै पक्षले आ–आफ्ना कमीकमजोरीबारे गम्भिर आत्म समिक्षा गर्नु पर्छ । पार्टी एकता आजको अनिवार्य आवश्यकता हो भन्ने कुरा सबैले महशुस गर्नु पर्छ । मुलुक र नेपाली जनताको भविष्यका लागि स–साना कुरालाई छोडेर नेकपा एमाले एकतावद्ध हुनु जरुरी छ । त्यसपछि एमाले कै नेतृत्वमा वामपन्थीहरु एकजुट हुनु पर्छ । त्यो अभियानमा हामी छौं । र, लागिरहन्छौं । त्यो प्रेरणा हामी सबैलाई मिलोस् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभर आज पनि मौसम नखुल्ने, शनिबारसम्म वर्षाको प्रक्षेपण

काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...

नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र ?

काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक ब...

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

दमौली । बजेट अभावका कारण  तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ ।   भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नग...

बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेल...

यी हुन् एसपीमा बढुवा सिफारिस भएका ८ डीएसपी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले  ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक )एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार ब...

एमाले झापाको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ।  अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केप...

१६ प्रतिशतले घट्यो खाद्यान्न आयात

काठमाडौं । मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्यान्न १६ प्रतिशत...

नेपाली विद्यार्थीलाई छात्रवृत्ति बढाउन चीन तयार

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै स...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies