Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

तीव्र गतिमा चलाइने सवारी साधनका कारण बाँके निकुञ्जमा ३५८ वन्यजन्तु मारिए

रासस

बाँके । बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ । पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ । तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुुर्खेत सडकखण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर ज्यान गएको छ । गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ । 

“निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनेका छन्”, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भने, “तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन् ।” राजमार्गमा यातायातका साधन तीव्र गतिमा गुड्ने भएकाले सडक वारपार गर्ने क्रममा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको उनले बताए । यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सबैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु रहेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापर्बाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको बताए । उनले सबैभन्दा बढी सडक दुर्घटनामा परी पूर्वपश्चिम राजमार्गमा मारिने गरेको बताए ।

निकुञ्जमा पूर्वपश्चिम राजमार्गले ७२ किलोमिटर र उत्तरदक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर निकुञ्जभित्रको वन क्षेत्र ओगटेको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७१/०७२ मा सडक दुर्घटनामा परी १६ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए भने उक्त आवमा कुकुरको टोकाइ तथा अन्य कारणबाट चार–चार वटा मारिएका थिए । सडक दुर्घटनामा परी आव ०७२/०७३ मा परी ४३ र कुकुरको टोकाइबाट तीन र अन्य कारणले चार वटा वन्यजन्तुको मृत्यु भएको थियो । 

त्यसैगरी आव ०७३/०७४ मा सडक दुर्घटनामा परी ६१ र कुकुरको टोकाइबाट सात तथा अन्य कारणले १५ वन्यजन्तुको मृत्यु भएको थियो । यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । आव ०७४र०७५ मा बढेर ७२ वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले छ वटा वन्यजन्तुले ज्यान गुमाए ।

सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव ०७५/०७६ मा सडक दुर्घटनामा ४४ वन्यजन्तुको मृत्यु हुँदा कुकुरको टोकाइबाट १३ र अन्य कारणले नौ वन्यजन्तुले ज्यान गुमाउनुपरेको थियो । आव ०७६/०७७ मा ५४ र गत आवमा ४३ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भयो भने गत आवमा कुकुरको टोकाइबाट २५ वन्यजन्तुको मृत्यु मारिए । 

निकुञ्जमा टाइम कार्ड र आकाशे पुल निर्माण

सवारी साधनबाट वन्यजन्तु मारिने क्रम नरोकिएपछि निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्डको व्यवस्था गरेको छ । राजमार्गमा गुड्ने सवारी साधनको गति कम गरी वन्यजन्तुलाई जोगाउन टाइम कार्डको व्यवस्था गरिएको सहायक संरक्षण अधिकृत न्यौपानेले बताए ।

निकुञ्जले वन्यजन्तुलाई जोगाउन राजमार्गको विभिन्न क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखेको छ । होर्डिङ बोर्ड र टाइम कार्डको व्यवस्था गरिए पनि दुर्घटना रोकिएको छैन । सडक दुर्घटनाबाट जोगाउन निकुञ्जमा पर्ने राजमार्गको विभिन्न ठाउँमा आकाशे पुल (क्यानोफी ब्रिज) समेत बनाइएको छ । वन्यजन्तुको बढी ओहोरदोहोर हुने ठाउँमा आकाशे पुल निर्माण गरिएको हो । 

“लोखर्के, बाँदर, सर्प, मुसा प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले निकुञ्जमा पर्ने राजमार्गको विभिन्न स्थानमा आकाशे पुल निर्माण गरेका छौँ”, सहायक संरक्षण अधिकृत न्यौपानेले भने, “सवारी साधनको गति मापन गर्न राडार गन ल्याउने तयारी छ ।” पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्किने गर्छन् । 

वन्यजन्तुका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्ज क्षेत्रमा करिब १०० भन्दा बढी पानीका स्रोत छन् तर अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले निकुञ्जभित्रका पानीका तीन तिहाइ स्रोत सुकिसकेको बताए । “एक चौथाइ पानीका स्रोतमा धेरैथोरै पानी छ । बाँकी सुकिसके । अरु सुक्ने क्रममा छन्”, उनले भने, “गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ । पानीका कारणले पनि वन्यजन्तुको चहलपहल हुन सक्छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies