सुदूरपश्चिम । प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।
अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई बालासहित रु २६ हजार २०० नगद, एक मोबाइलसहित पक्राउ गरिएको छ ।
यस्तै सुनसरी जिल्ला रामधुनी नगरपालिका घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरियामा काम गर्दै आएका राजु विकलाई सुनको बाला र सिक्री गरी ३४९ दशमलव ८७ ग्राम अवैध सुन, नगद छ हजार ९०५ र एक मोबाइलसहित पक्राउ गरिएको छ ।
बसका सहजकर्ता घिमिरेसँग फेला परेको दुई वटा सुनको बालामध्ये एउटा बाला अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापतिलाई दिएको भन्ने खुल्न आएपछि गरिएको खानतलासीका क्रममा निज सिजापतिलाई पनि सुनको बाला, नगद १६ हजार र दुई थान मोबाइलसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका घिमिरे र समीर सिजापतिको साथमा कतार दोहाको बिल रहेको भए पनि किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीको भनाइ छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: