Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

प्रधानमन्त्री देउवाद्वारा विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा आज उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिएको हो ।

यस्तो पुलहरु सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोडयुलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिए ।

बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।

मेलाम्ची क्षेत्रमा गेगरानसहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउने बारेमा समेत छलफल भएको सदस्यसचिव पोखरेलले बताए । प्रधानमन्त्री देउवाले प्राधिकरणलाई सशक्त बनाउन संस्थागत सुदृढीकरणका लागि ओ एन्ड एम सर्भे गर्न तथा गृह मन्त्रालयले हाल परिचालन गरिरहेको विपद् कोषलाई नियमावली बनाएर विपद् जोखिममा तत्काल गर्नुपर्ने कामका लागि प्राधिकरणलाई हस्तान्तारण गर्नसमेत निर्देशन दिनुभएको उहाँले जानकारी दिए।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित थिए भने सातै प्रदेशका मुख्यमन्त्री कार्यालय जुममार्फत जोडिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...

नेपाल राष्ट्र बैङ्क विधेयक: गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...

ब्रोड पिक दुर्घटनामा मृत्यु भएका निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्प ल्याइयो

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...

भारतमा मल किन्न जाँदा पक्राउ परेका नेपाली धरौटीमा रिहा गर्न आदेश

काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...

कोशी सरकारको नेतृत्व विवादबीच मुख्यमन्त्री कार्की ओली भेट्न गुण्डु पुगे

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन, खोजी कार्य जारी

पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...

प्रदेश सरकारको सत्ता गणितमा नलाग्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...

मनास्लु पदमार्ग सुधार अभियान: १० दिन खच्चड हिँड्न रोक

सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...

न्यायाधीशमाथि महाअभियोगको दबाबबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...

प्रदेश सरकारमा सहभागिताबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending