काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न अनुरोध गरे ।
उनीहरूले सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गरी स्थगित भएका परीक्षा सञ्चालन गर्न आग्रह गरे । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गरे ।
सांसद शक्तिबहादुर बस्नेतले कोरोनाको तेस्रो लहर आउने सन्त्रास देखिएको सन्दर्भमा सरकारले के कस्तो प्रतिकार्यको योजना अगाडि सारेको छ भन्ने बारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे । सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण गर्न र विदेशमा रहेका नेपालीलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्राकृतिक विपत्तिमा परेको मेलम्ची तथा हेलम्बु क्षेत्रमा गाँस, बास र कपासको व्यवस्था गर्न आग्रह गर्दै सांसद शेरबहादुर तामाङले सो क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्ने माग गरे ।
सांसदहरु लालकाजी गुरुङ, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, बिन्दा पाण्डे, विष्णु शर्मा, बोधमायाकुमारी यादव, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, शेरबहादुर तामाङ, श्याम श्रेष्ठ, सत्य पहाडी, समिना हुसेन, हरि अधिकारी, हितबहादुर तामाङले कोरोना कहर, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्न, सीमा समस्या समाधान गर्न आग्रह गे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: