टिकापुर । कैलालीको जानकी गाउँपालिकाले पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापनामा जोड दिएको छ । गाउँपालिकाका वडा नं २ र ५ मा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छन् । स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले वडा नं २ र ५ का भवन यही साउन मसान्तसम्म सम्पन्न हुने जानकारी दिए ।
“अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । ”, उनले भने, “घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्य हो । त्यहीअनुरुप काम गरिरहेका छौँ । स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”
गाउँपालिकामा स्वास्थ्यचौकीको सङ्ख्या चार, सामुदायिक स्वास्थ्य एकाइ एक, आधारभूत स्वास्थ्य केन्द्र तीन स्थापना भइसकेका छन् । गत सातामात्रै जानकी–९ बक्लौहवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको थियो ।
भवनमा प्रसूति गृह, उपचारकक्ष छन् । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले नागरिकमा आधारभूत स्वास्थ्य सेवामा पहुँच हुने बताए । “गाउँपालिकामा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि सारेका छौँ”, उनले भने, “नागरिकलाई आवश्यक स्वास्थ्य सेवा स्थानीयस्तरमै दिने उद्देश्य हो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि बाहिर जान नपरोस् ।”
उपाध्यक्ष उमा महतोले प्रसूतिगृह निर्माण भएकाले प्रसूति सेवा गाउँमै पाउने बताए । “प्रसूति सेवा लिन टीकापुर अस्पताल वा अन्य स्वास्थ्यचौकी जाने गरेका थिए”, उनले भने, “अब तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गाउँमै सेवा पाउँछन् ।”
जानकी–९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले गाउँमै सेवा पाएपछि स्थानीयवासी खुशी भएका बताए । “विगतमा स्वास्थ्य सेव लिन टाढा पथरैया स्वास्थ्यचौकी वा टीकापुर अस्पताल जानुपर्ने बाध्यता थियो, अब नागरिकले गाउँमै उपचार पाउँछन्”, उनले भने, “स्वास्थ्य पहिलो आधार हो । हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर आउँदा दिनमा पनि काम गर्नेछौँ ।”
कैलालीका अन्य पालिकाले पनि गाउँगाउँमा स्वास्थ्य संस्था स्थापनालाई प्राथमिकता दिएर काम गरिरहेका छन् । टीकापुर नगरपालिकाले गत वर्ष नै सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । “हामीले सबै वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना गरेका छौँ, नागरिक जटिल समस्या वा विशेषज्ञको सेवा लिनमात्र टीकापुर अस्पताल आउने गरेका छन्”, स्वास्थ्य शाखा संयोजक रावलले भने, “आउँदा दिनमा थप पूर्वाधार र जनशक्तिको व्यवस्था गरी थप सेवा विस्तार गर्ने योजना छ ।”
भजनी र जोशीपुर गाउँपालिकाले पनि वडास्तरमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएका छन् । अझ कोरोना महामारीपछि स्थानीय तहले स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: