Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुर्खेतमा ११ फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आइतबार नौ र आज दुई गरी ११ फरार प्रतिवादीलाई सो टोलीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सम्बन्ध विच्छेद, चेक अनादर र जुवा मुद्दाका एक/एक, घरेलु हिंसाका दुई, अंशबन्डा मुद्दाका चार गरी जम्मा नौजना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ ।

त्यसैगरी, आज पक्राउ  पर्नेमा कुटपिट मुद्दाका एक र जुवा मुद्दाका एक रहेका छन् । पक्राउ परेका सबै फरार प्रतिवादीलाई जिल्ला अदालत सुर्खेतमा बुझाइएको उनले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ ।

उनीहरुबाट रु दुई लाख आठ हजार चार सय ५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान तयारी पूरा

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार साँझका लागि तय गरिएको मतदा...

बैतडीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...

ओली नआउँदा एमाले महाधिवेशनको मतदान ठप्प, चिसोमा कार्यकर्ता अलपत्र

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार तय गरिएको मतदान प्रक्रिया पुनः ढिलाइ भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु...

एमाले महाधिवेशनका कारण प्रचार सामग्रीले अस्तव्यस्त भृकुटीमण्डप

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि उम्मेदव...

चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गत...

कस्ताे छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह...

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending