चितवन । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो ।
जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस अवधिमा महानगरले राजस्व रु ८१ करोड प्राप्त गर्ने छ भने त्यसपछिको स्वामित्व महानगरको हुनेछ ।
महानगरप्रमुख रेनु दाहालले देशमा नै पहिलोपटक सार्वजनिक निजी साझेदारी नमूनामा भरतपुरले महत्वपूर्ण काम गर्न सफल भएको बताइन् । परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको तथा यो परियोजना जिल्लाको समग्र विकासमा एक कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।
पछिल्लो समय नेपाली समाजको सुविधा सम्पन्न मल तथा अपार्टमेन्टप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै उनले सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्नो गौरवको आयोजना भएको बताइन् । यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उनले आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, छ लेन सडक, स्मार्ट सडकलगायतका आयोजना सम्पन्न हुँदा भरतपुरको मुहार फेरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्लाजाले नारायणगढलाई व्यवस्थित शहर बनाउन सहयोग पुग्ने छ ।”
उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना अगाडि बढाउन लागिएको भन्दै यो कार्यकालको महत्वपूर्ण परियोजना भएको बताउनुभयो । समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उहाँले आग्रह गर्नुभयो । सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने उहाँको भनाइ छ ।
आर्या बिल्डर्स एन्ड इञ्जिनीयरिङका प्रबन्धक जीवन कँडेलका अनुसार भदौको पहिलो साताबाटै निर्माणको काम अगाडि बढाइने छ । महानगरसँग तीन वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्धारित समयअघिनै परियोजना सम्पन्न गर्ने गरी कार्ययोजनाका साथ काम अगाडि बढाउने उहाँको भनाइ छ । निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १६ तलाको हुनेछ । प्लाजा तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ ।
दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिकस्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । प्लाजा निर्माणमा रु दुई अर्ब लागत लाग्ने अनुमान रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...




प्रतिकृया लेख्नुहोस्: