Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

नारायणगढमा १२ तले प्लाजा निर्माणका लागि सम्झौता

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो ।

जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस अवधिमा महानगरले राजस्व रु ८१ करोड प्राप्त गर्ने छ भने त्यसपछिको स्वामित्व महानगरको हुनेछ ।

महानगरप्रमुख रेनु दाहालले देशमा नै पहिलोपटक सार्वजनिक निजी साझेदारी नमूनामा भरतपुरले महत्वपूर्ण काम गर्न सफल भएको बताइन् । परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको तथा यो परियोजना जिल्लाको समग्र विकासमा एक कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।

पछिल्लो समय नेपाली समाजको सुविधा सम्पन्न मल तथा अपार्टमेन्टप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै उनले सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्नो गौरवको आयोजना भएको बताइन् ।  यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उनले आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, छ लेन सडक, स्मार्ट सडकलगायतका आयोजना सम्पन्न हुँदा भरतपुरको मुहार फेरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्लाजाले नारायणगढलाई व्यवस्थित शहर बनाउन सहयोग पुग्ने छ ।”

उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना अगाडि बढाउन लागिएको भन्दै यो कार्यकालको महत्वपूर्ण परियोजना भएको बताउनुभयो । समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उहाँले आग्रह गर्नुभयो । सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने उहाँको भनाइ छ ।

आर्या बिल्डर्स एन्ड इञ्जिनीयरिङका प्रबन्धक जीवन कँडेलका अनुसार भदौको पहिलो साताबाटै निर्माणको काम अगाडि बढाइने छ । महानगरसँग तीन वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्धारित समयअघिनै परियोजना सम्पन्न गर्ने गरी कार्ययोजनाका साथ काम अगाडि बढाउने उहाँको भनाइ छ ।  निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १६ तलाको हुनेछ । प्लाजा तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ ।
 
दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिकस्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । प्लाजा निर्माणमा रु दुई अर्ब लागत लाग्ने अनुमान रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

एउटै विद्यालयमा महिनामा दुई पटक चोरी, दानपेटिका फुटाइयो

दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...

खामेनीको हत्याको बदला लिने इरानको घोषणा

काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...

पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending