पर्वत । आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।
एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए ।
“ आइसियू र भेन्टिलेटर सञ्चालन गर्नका लागि अहिले हामीसँग उपलब्ध रहेका चिकित्सकबाट सम्भव नहुने रहेछ । यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सको आवश्यकता हुने रहेछ”, उनले भने, “जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ ।”
यसअघि यसका लागि आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले विज्ञापन गरे पनि आवेदन नपरेका कारण परिपूर्ति गर्न नसकिएको अध्यक्ष पहाडीले बताए । यसका लागि प्रदेश सरकारले विशेष ऐन नै बनाएर दक्ष जनशक्ति पदपूर्ति गरिदिन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई समेत माग गरिएको उनले जानकारी दिए ।
प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जनरल फिजियिसन र १२ एनेस्थेसियाका लागि विज्ञापन गरेको थियो । यसमा छनोट भएकालाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको रहेको थियो ।
जनशक्ति व्यवस्थापनको काम प्रक्रियागतरूपमा चलिरहँदा सङ्क्रमण दर बढिरहेको छ । स्वास्थ्य संस्थामा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको अस्पतालका डा ढुण्डिराज पौडेलले बताए । उनका अनुसार भेन्टिलेटर सञ्चालनका लागि नवौँ तहको एनेस्थेसियालिस्ट वा इन्टरनल मेडिसिनमा एमडी गरेको जनशक्ति आवश्यक पर्छ । जिल्लामा यस्तो जनशक्ति आउन मान्दैनन् । उनीहरुलाई कम्तीमा महिनामा रु तीन लाखभन्दा बढी तलब दिएर ल्याउन सक्ने हो भने मात्रे आइसियू र भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ । बेसिक तलब रु ४५ हजार खाएर मात्र कोही आउन नमान्ने उनको भनाइ छ ।
जिल्ला अस्पतालमा केही महिना पहिले शुरु गरिएको अक्सिजन प्लान्टले भने राम्रो उत्पादन दिइरहेको जनाउँदै जिल्लामा एक दिनमा कम्तीमा पनि ५० बिरामीलाई एकैपटकमा अक्सिजन आपूर्ति गर्न सकिने भए पनि अन्य उपचार सेवा पनि प्रभावकारी नभएको जनगुनासो रहेको छ ।
अस्पतालमा रहेको अक्सिजन प्लान्टले दैनिक १६ सिलिन्डर उत्पादन गर्नसक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको छ । श्ययाको अस्पताल अहिले ५० श्यामा स्तरवृद्धि गर्ने कार्य भइरहेको छ ।
जनशक्ति अभावले पुरानै उपकरण थन्किएका अवस्थमा फेरि दुई भेन्टिलेटर थप हुने भएका छन् । लायन्स क्लबले थप दुई भेन्टिलेटर सहयोग गर्न थालेको अस्पतालले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: