Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कामै नगरी १० लाख भुक्तानी

\"jajarkot_district\"१४ साउन, जाजरकोट । जिल्ला विकास समिति जाजरकोटले काम नगरी १० लाख भुक्तानी गरेको रहस्य खुलेको छ । आर्थिक केन्द्र जोड्ने गाविस पहुँच मार्ग शीर्षकको १० लाख कामै नगरी भुक्तानी गरिएको हो । आर्थिक वर्षको अन्त्यमा काम नगरी जिविस कार्यालय र केही व्यक्तिको मिलेमतोमा रकम भुक्तानी भएको छ । पाँचकाटिया — ढिमे पैंक सडकको अरु दुई शीर्षकको बजेटबाट काममा भएका योजनाको नाममा रकम भुक्तानी गरिएको रहस्य खुलासा भएको छ । ढिमे पैंक ब्याउली ढुङ्गा सडक निर्माण उपभोक्ता समिति र  सडक डिभिजन कार्यालय चौरजहारीमार्फत प्रकृति निर्माण सेवा जाजरकोटले खनेको सडक मूल्यांकन गरेर १० लाख भुक्तानी भएको छ । उपभोक्ता समितिले खनेको ४ सय मिटर  डिभिजन कार्यालय चौरजहारीमार्फत खनेको ६ सय मिटर गरी एक किलो मिटरकोे मूल्यांकन गरिएको जिल्ला प्राविधिक कार्यालय प्राविधिक कर्णबहादुर सिंहले बताए । कार्यालय प्रमुख इन्जिनिएर जयराम श्रेष्ठले निर्देशन दिएपछि आफूले मुल्यांकन गरेका सिंहले बताए । अरुले नापेर ल्याएको आधारमा आफूले मूल्यांकन गरेको सिंहको भनाई छ ।  इन्जिनिएर श्रेष्ठले भने नाप्ने प्राविधिकले के गरेका हुन् आफूलाई थाहा नभएको बताए । उक्त रकम  ढिमे पैंक ब्याउली ढुङ्ग सडक निर्माण उपभोक्ता समिति खातामा हालेर भुक्तानी दिइएको छ । स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल इन्जिनिएर श्रेष्ठको संलग्नतामा १० लाख रकम दुरुपयोग गरिएको छ । उपभोक्ता समितिका सचिव धनबहादुर सिंहसहित अन्य दुई जनाको कार्यालयसंगको मिलेमतोमा काम नै नगरी रकम सकिएको छ  । १० लाख रकम कार्यलय र  अन्य तीन जनाले भागबण्डा लगाएको उपभोक्ता समितिका एक सदस्यले बताए ।  कार्यालयमा १ लाख ९२ हजार बुझाएको भन्दै अरु रकम  सचिव सिंहसहित तीन जनाले बाँडेको उनले बताए । यो रकम समितिको नाममा मात्र आएको हो काम नगरेका कारण तिमीहरुको लाग्दैन भनेर समितिका अन्य सदस्यलाई २८ हजार खर्च भनेर दिइएको हो उनले भने । यता प्रकृति निर्माण सेवाका प्रो पाइटर बुद्धीबहादुर खत्रीले भने आफुले गरेको कामको मूल्यांकन किन जिविसले गर्यो कसरी अरुलाई भुक्तानी गर्यो चकित छु । मैले खनेको ६ सय मिटर सडक नापियो यस्तो नक्कली काम जिविसले गर्न थालेपछि कसको के लाग्छ र खत्रीले प्रश्न गरे । आफुले सडक डिभिजन कार्यालय मार्फतको काम गर्ने क्रम जारी रहेको खत्रीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending