Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

नेपाल समूहमा दुई धार : कुन धारमा को-को ?

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुई थरी मत देखिएको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको शुक्रबार सकिएको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता निर्विकल्प रहेको बताएका छन् भने केही सांसदसहित अधिकांशले विकल्पमा जानुपर्ने धारणा राखेका छन् । एकताबारे निर्णय गर्ने जिम्मा भने स्थायी कमिटी सदस्यलाई दिइएको छ ।

नेता नेपालले एकता कि विद्रोह भन्‍नेमा निर्णायक कदम चाल्न परामर्शका लागि आफ्नो समूहका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकको सुरुमा नेता नेपालले एकताका लागि विश्वासको संकट रहेको बताएका थिए । बैठकमा ५५ सदस्यले धारणा राखेका थिए । धेरैजसो केन्द्रीय सदस्यहरूले सम्मानजनक एकता र नेतृत्वबीचको शक्ति बाँडफाँटबाहेक ओलीको उधारो आश्वासनमा एकता नगर्न सुझाएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । ‘एकताका नाममा लामो समय अनिर्णयको बन्दी बन्‍न नहुने मत धेरैबाट आएको थियो,’ उनले भने ।

आजको कान्तिपुरमा खबर छ- बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि पनि प्रश्न उठेको थियो । कार्यदलका सदस्यहरूले दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको तर्क गरेका थिए । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम आचार्यलगायत नेताले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राखेका थिए । बिहीबारको बैठकमा रावलले दसबुँदे सहमति र पछिल्ला दिनमा एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेका थिए । ‘दसबुँदे उपलब्धि हो । यसलाई कार्यान्वयन गरेर जानुपर्छ । एकतामा जोड दिनुपर्छ,’ नेता पाण्डेले बैठकमा भनेका थिए । नेता भुसालले दसबुँदे सहमति कार्यान्वयनमा समस्या आएको बताए । ‘हामीले दसबुँदेलाई उपलब्धि मान्यौं तर दस बुँदेकै सन्दर्भमा जे हुन्छ भनेर सहमत भएका थियौं । सहमति भइसकेको कुराबाट पछाडि हट्ने काम भएको छ । त्यसलाई राम्रो मान्‍न सकिँदैन । यो कार्यान्वयन नभई अगाडि बढ्न सक्दैनौं,’ उनले भनेका थिए ।

दसबुँदे सहमति उपलब्धि भए पनि पर्याप्त नरहेको मत राख्ने केन्द्रीय सदस्यहरूको संख्या ठूलो छ । ‘दसबुँदेमा कमी छ, यसलाई जस्ताको तस्तै स्वीकार गरेर जान सकिँदैन भन्‍ने मत बलियो देखियो,’ एक केन्द्रीय सदस्यले भने । यस्तो मत राख्ने नेताहरूले ओली पक्षले अघि बढाएका सदस्यता नवीकरण, विधान महाधिवेशनलगायत गतिविधि नरोकिए विकल्प सोच्‍नुपर्ने बताएका थिए । उनीहरूले धेरै समय नअल्झिन पनि नेतृत्वलाई आग्रह गरेका छन् । ‘ओलीले आफ्ना गतिविधि रोकेनन् भने हामीले पनि समानान्तर गतिविधि रोक्नु हुन्‍न । त्यसका लागि २४ गतेसम्म पर्खिनुपर्छ । २४ गतेको बैठक ओली पक्षले रोक्छन् कि रोक्दैनन् हेर्नुपर्छ । गतिविधि नरोकिए आफ्नो ढंगले अगाडि बढ्ने विकल्प हुनुपर्छ,’ एक केन्द्रीय सदस्यले भनेका थिए । बिहीबारको बैठकमा नेता नेपालले पनि साउन २४ भित्र हेरेर निर्णय लिने बताएका थिए ।

निर्विकल्प एकताको पक्षमा सचिव भीम आचार्य, केन्द्रीय सदस्यहरू निरज आचार्य, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, बलदेव चौधरीलगायतले मत राखेका छन् । उनीहरूले एमाले विभाजन भए देश र संविधानमा क्षति हुने तर्क गरेका थिए । कार्यकर्ता विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै उनले पार्टी विभाजनको पक्षमा हस्ताक्षर गर्न नहुने बताएका थिए । तर, अधिकांश केन्द्रीय सदस्यले एकतालाई निर्विकल्प मान्‍न नसकिने धारणा राखेको भुसालको भनाइ छ । ‘हामीले एकतामा जोड दिने हो तर एकतालाई निर्विकल्प भनेर जानु हुँदैन भन्‍नेमा अधिकांश कमरेडको मत छ,’ उनले भने ।

अर्का एक केन्द्रीय सदस्यले ओली पक्षसँग एकता हुने सम्भावना कम रहेकाले आफ्नो ढंगले अगाडि बढ्नुपर्ने मत अधिकांश केन्द्रीय सदस्यबाट आएको बताए । ‘आफ्नो ढंगले अगाडि बढौं भन्‍नुको मतलब प्रकारान्तरले अर्को पार्टी बनाउने भन्‍ने नै हो,’ उनले भने । यस्तो मत मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामकुमारी झाँक्री, विरोध खतिवडा, जगन्‍नाथ खतिवडा, घनेन्द्र बस्नेत, विजय पौडेल, बलराम बाँस्कोटा, वसन्त मानन्धर, रामचन्द्र यादवलगायतको थियो । ती सदस्यका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनुपर्छ भन्‍ने मत राख्नेमा केन्द्रीय सदस्य मेटमणि चौधरी र प्रेम आले मात्रै छन् । विश्वासको मत दिएर संसद् जोगाएको भन्दै सरकारमा जानुपर्ने तर्क उनीहरूले गरेका थिए । पार्टी एकता वा नयाँ पार्टी भन्‍नेमा नेपाल समूहमा दुई धार देखिए पनि दसबुँदे सहमतिलाई उपलब्धि मान्‍ने तर यसकै आधारमा मात्र एकता गर्न नसकिने साझा धारणा रहेको भुसालले बताए ।

‘एकता भनेको हाम्रा अडान छाडेर लत्रेर गर्ने भन्‍ने हुँदैन । सम्मानजनक हुनुपर्छ । त्यो भएको खण्डमा एकतामा जोड गरौं भन्‍ने जोड छ,’ उनले भने । एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटी रहेकामा १२ जनाको राजनीतिक नियुक्ति र निधनले अहिले १ सय ९१ सदस्यीय भएको छ । त्यसमा नेपाल पक्षका ८६ सदस्य छन् । माओवादी केन्द्रसँग तीन वर्षअघि पार्टी एकता हुँदा ४५ सदस्य थपिएको थियो । त्यसमा पनि १४ जना सदस्य आफ्नो पक्षमा रहेको नेपाल समूहको दाबी छ ।

नेपाल समूहको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको असार २८ गतेको फैसलालाई स्वागत गरेको छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार केन्द्रीय कमिटीको म्यान्डेटका आधारमा स्थायी कमिटीले उपयुक्त समयमा निर्णय लिने बताए । बैठकले पार्टी एकताका लागि संवाद भइरहेका बेला सांगठनिक गतिविधि रोक्न अध्यक्ष ओलीको ध्यानाकर्षण पनि गराएको छ । पार्टी एकताका लागि कुरा चलिरहेको अवस्थामा एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्नॅ एकतालाई भाँजो हाल्ने काम हुन जाने निष्कर्ष बैठकले निकालेको पन्तले बताए । ओली पक्षलाई यस्ता गतिविधि रोक्न माग पनि बैठकले गरेको छ ।

पार्टीका विभिन्‍न नेतालाई लाञ्छना लगाउन र आरोपित नगर्न दुवै पक्षलाई बैठकले ध्यानाकर्षण गराएको छ । ‘पार्टी एकताका लागि दसबुँदे सहमति भएको र वार्ता चलिरहेका बेला पार्टीका वरिष्ठ नेता नेपाललगायत विभिन्‍न नेतामाथि अनेक प्रकारका टिप्प्णी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । त्यसप्रति बैठकले दुःख व्यक्त गरेको छ,’ पन्तले भने । बैठकमा नेता नेपालले आफू एकताको पक्षमा रहेको बताएका छन् । ‘हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्‍नुपर्छ । ओलीले जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्‍ने पक्षमा छु,’ नेपालले भनेका थिए ।

एमालेको ओली पक्षले पार्टी एकताका नाममा गतिविधि नरोक्ने भएको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको चुनाव नजिक आइरहेको र महाधिवेशन गर्नॅपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने बताए । ‘पार्टीका नियमित काम अघि बढ्छन् । छलफलका नाममा पार्टी कामलाई रोक्ने गतिरोधमा जाने भन्‍ने हुन्‍न,’ उनले भने ।

विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी सदस्य, प्रदेशका नेता, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समिति सदस्यहरूको बैठक शुक्रबार पनि बसेको थियो । एमालेले भदौ २७–२८ मा काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । विधान महाधिवेशनबारे थप छलफल गर्न २४ गते केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending