Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मेलम्चीको पानी खोइ कसरी काठमाडौं आई पुग्ला

१४ साउन, काठमाडौं । २०७३ सालको पहिलो दिनदेखि काठमाडौंबासीले मेलम्चीको पानी खान पाउने आशा गरेकोमा काठमाडौंबासीको आशा पुरा हुनेमा सभासदहरुले आशंका व्यक्त गरेका छन् । संसदको वातावरण समितिको बिहीबार बिहान बसेको बैठकमा सभासदहरुले मेलम्ची व्यवस्थापन इमान्दार नभएको भन्दै काठमाडौंवासीको आशा पुरा हुनेमा शंका व्यक्त गरेका हुन् । मेलम्ची आयोजनाको कामको ठेक्का लिएको ठेकेदारले दिनको ४० मिटर टनेल खन्नु पर्नेमा दिनको जम्मा १६–१७ मिटर टनेल मात्र खनि रहेको भन्दै ठेकेदार कम्पनी इमान्दार नभएको सभासदहरुले धारणा राखेका थिए । ‘तपाईहरु मेलम्चीको पानी हामी समयसिमामा नै ल्याउँछौ भन्नु हुन्छ तर खोइ कसरी मेलम्चीको पानी काठमाडौं आई पुग्ला ?’– सभासद टुकराज सिग्देलले आशंका व्यक्त गरे । तर मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले तोकिएको समयमा आगामी बर्षको बैशाख १ गते नै आफुहरु मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउन सक्षम रहेको बताए । तर उनको भट्टराईले प्रस्तुत गरेको कार्यप्रगति विवरणमा सभासद्हरुले विमति जनाउँदै  जनाउँदै पत्याएनन् । शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई देखाएजसरी व्यवस्थापनले प्रस्तुति दिने गरेको भन्दै सभासद् दुमन थापाले मेलम्ची व्यवस्थापनको आलोचना गरे । ‘तपाईंहरु समयमा नबन्नुका कारण, चुनौती र भित्री समस्या बारे कहिल्यै कुरा गर्नुहुन्न,’ उनले भने, ‘यस्तो हल्का प्रस्तुति गर्नु भएन ।’ अर्का सभासद् टुकराज सिग्देलले पनि मेलम्ची समयमा नआउने बताउँदै जनतालाई भ्रममा नपार्न आग्रह गरे । ‘गलत कुरा गरिएकैले सरकारी आयोजनाहरु समयमा आउँदैन भन्ने जनतामा अविश्वास बढ्न थालेको छ,’ उनले समितिमा भने । समितिमा मेलम्ची व्यवस्थापनले दैनिक ४० मिटर सुरुङ खन्ने सम्झौता भए पनि ठेकेदारले दैनिक १६–१७ मिटर मात्रै खन्ने गरेको बताएका थिए । सभासद् सकलदेव सुकिलाले इटालियन ठेकेदारले व्यवस्थापनलाई हेपेको आशंका गर्दै, समन्वय गर्नका लागि अर्को निकाय चाहिने बताए । सभासद् कृष्ण तामाङले पनि व्यवस्थापनले गोलमटोल भाषामा प्रतिवेदन दिने गरेको भन्दै आलोचना गरे । अर्का सभासद् राजाराम स्याङताङले भने समितिले बोलाउँदा सम्बन्धित मन्त्री र सचिव नआएको भन्दै आपत्ति जनाए । सहरी विकास मन्त्री नारायण खड्का अहिले बर्मा भ्रमणमा छन् भने सचिव अर्जुन कार्की देशमै भएर पनि समितिमा उपस्थित भएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending