Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कोभिडको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको छलफलमा उहाँले चुनौतीपूर्ण अवस्था आउनसक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिए ।

मन्त्री खाँणले भने, ‘अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हँुदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्वतयारीमा रहनुपर्छ ।’

गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको उक्त बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, एमसीसी कार्यकारी प्रमुख, अध्यागमन विभाग महानिर्देशकसमेतको सहभागिता थियो । बैठकमा मन्त्री खाँणले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गरेका छन् । ‘भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ’, गृहमन्त्री खाँणले भने ।

उनले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने पनि बताए । विदेशबाट आउने नागरिकका लागि सबै नाकामा पिसिआर परीक्षण गर्न निर्देशन दिँदै त्यसका लागि  गुणस्तरीय सामग्रीको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE